कोरोना भाइरसले अहिले विश्वभर त्रास फैलाईरहेको छ । यो खतरनाक भाइरसले हालसम्म ६ हजार भन्दा बढी व्यक्तिको ज्यान लिसकेको छ, त्यस्तै लाखौँ को संख्यामा यसको संक्रमित छन्। यस भाइरसको कारण सबैभन्दा बढी प्रभावित देश चीन हो । त्यहाँ धेरै शहरहरू कोरोना भाइरसको कारण बन्द छन् र मानिसहरु घर भित्रै बस्न बाध्य छन्। मिडिया रिपोर्टको अनुसार, अब त्यहाँ घरभित्र बसिराख्नु पति पत्नीहरूका लागि समस्या भइरहेको छ। घरमा धेरै समय संगै भएको कारण श्रीमान् र श्रीमती बीच झगडा भइरहेको छ र यस विवादको कारण चीनमा सम्बन्ध विच्छेद को घटनाहरु बढ्दो छ।
मिडिया रिपोर्टका अनुसार चीनको सिचुआन प्रान्तमा मात्र ३०० भन्दा बढी दम्पतिले केवल एक महिनामा सम्बन्ध विच्छेदको लागि आवेदन दिएका छन्। यसको कारण भनेको श्रीमान् र श्रीमतीले घरमा एक अर्कासँग बढी समय बिताइरहेका छन्। यही कारण उनीहरु बीच विवाद बढीरहेको छ । चीनको दाझौ क्षेत्रको विवाह रेजिस्ट्री कार्यालयले भाइरसको प्रकोप पछि आवेदनको संख्या बढेको बताएको छ। यद्यपि, थुप्रै मानिसहरुको यो विश्वास छ कि विवाह रजिस्ट्री कार्यालयहरु करिब एक महिनादेखि कोरोना भाइरस को कारण बन्द छ, त्यसैले सम्बन्ध विच्छेद को घटनाहरु बढेको छ।
चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमितको संख्यामा कमी आए पनि अहिलेसम्म विश्वभर सबैभन्दा धेरै कोरोनाको संक्रमित चीनमै छन् ।
यस्तै, इटलीमा पनि चीनको जस्तै अवस्था छ। त्यहाँ पनि कोरोना भाइरसको डरले मानिसहरू घर भित्रै बस्न बाध्य छन्। यद्यपि त्यहाँ सम्बन्धविच्छेद गर्नेको संख्यामा वृद्धि भने छैन तर इन्टरनेट को उपयोग भने ७० प्रतिशतले बढेको छ। मिडिया रिपोर्टका अनुसार, त्यहाँ धेरै समय घरमै बसेरहेका मानिसहरु वेबसीरीजहरु हेरेरे, अनलाइन खेलहरु खेलेर आफ्नो समय बिताउँछन्। टेलिकम कम्पनी इटालिया एसपीएको अनुसार कोरोना भाइरसको कारण इटालीमा इन्टरनेट जडानको माग निकै बढेको छ।
कोरोना भाइरसको प्रकोप दिनदिनै बढ्दो छ । हालसालै विश्व स्वास्थ संगठनले कोरोनालाई विश्वव्यापी रूपमा महामारी घोषणा गरिसकेको छ। त्यस्तै, दक्षिण अफ्रिकाले यसलाई राष्ट्रिय विपत्ती घोषणा गरेको छ। उता बेलाइतकी रानी एलिजाबेथ द्वितीय कोरोनाको डरले आफ्नो दरबार छोडेको भन्ने पनि खबर छ।
अहिलेसम्म यसको औषधि वा खोप तयार भएको छैन । यद्यपि अमेरिकी सरकारका एक अधिकारीको अनुसार अमेरिकाले यसको खोप तयार गरिसकेको छ र यसको परीक्षण पनि भईरहेको बताएका छन् तर अमेरिकी सरकारले यो परीक्षणको बारेमा कुनै आधिकारिक घोषणा भने गरेको छैन।