काठमाडौँ – स-शस्त्र द्व-न्द्वका क्रममा राज्य र वि-द्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिको सूचीमा खानेपानी तथा सरसफाइमन्त्री विना मगरको नाम पनि समावेश रहेको पाइएको छ।
बेपत्ता छानबिन आयोगले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको स-शस्त्र द्व-न्द्वका क्रममा राज्य र वि-द्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिको सूचीमा खानेपानीमन्त्री विना मगरको नाम समेत रहेको पाइएको हो।
द्व-न्द्वकालीन मुद्दा किनारा लगाउन सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको गठन गरेको थियो। सोहि आयोगले मंगलबार वेपत्ताहरुको सूची सार्वजनिक गरेको हो ।
राज्य र वि-द्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनाबारे उजुरी परेको आधारमा वेपत्ताहरुको नाम सार्वजनिक गरिएको आयोगले जनाएको छ।
वेपत्ताहरुको नाम सार्वजनिक भएसँगै अब आयोगले उजुरीमाथि छानविन तथा वयानको काम गर्नेछ। सूचीमा खानेपानीमन्त्रीको समेत नाम परेको प्रति आयोगले नै छानबिन गर्नेछ।
आयोगका अनुसार सबै भन्दा धेरै बर्दिया जिल्लाबाट २ सय ५४ जना बेपत्ता भएको उजुरी परेको छ। यस्तै दाङमा १२८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०–४० जना बेपत्ता भएको उजुरी परेको छ ।
मनाङ र मुस्ताङबाट भने कुनै पनि उजुरी परेको छैन।