काठमाडौँ – कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै भारतमा केहि दिन देखि गाईको गोबर र गहुँत बिक्रि हुन थालेको छ।
देशमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै भारतमा गाईको गोबर र गहुँतको बिक्रि ह्वातै बढेर गएको हो। इकोनोमिक टाइम्सका अनुसार पश्चिम बंगालमा गाईको गोबर र गहुँत महँगो रकममा बिक्रि भैरहेको छ।
भारत पश्चिम बंगाल स्थित दनकुनीमा गोबर प्रतिकिलो भारतीय पाँच सय रुपैंया र गहुँत प्रतिलिटर पाँच सय रुपैंयामा बिकिरहेको डेरी व्यवसाय गर्दै आएका मावुद अलीलाई उदृत गर्दै इकोनोमिक टाइम्सले समाचार लेखेको छ।
स्थानीय समेत रहेका अलीका अनुसार गोबर र गहुँत किन्न आउनेको संख्या पछिल्ला केहि दिन देखि बढ्ने क्रममा छ। राष्ट्रिय राजमार्ग १९को छेउमा अली आफैंले पनि एक ठेला लगाएर गोबर र गहुँतको बिक्रि शुरु गरिसकेको समाचारमा उल्लेख गरिएको छ।
विश्वभर बढिरहेको कोरोना भाइरसको प्रकोप भारतमा पनि बढ्दो क्रममा छ। कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने हल्ला सँगै भारतमा गाईको गोबर र गहुँतको बिक्रि बढिरहेको छ।
गाईको गोबर र गहुँतले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने हल्ला भारतमा भ्रमकै रुपमा छ। विश्व स्वास्थ्य संगठनका अनुसार गाईको गोबर र गहुँतले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने भन्दै गरिएको प्रचार तथ्यहिन भएको दावी गरेको छ।
भारतमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृ-त्यु
भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृ-त्यु भएको छ । भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको ज्यान गएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएको छ । ती व्यक्ति दुबईको यात्राबाट फर्किएका जनाइएको छ ।
भारतमा यसअघि दुई जनाको कोरोनाकै कारण ज्यान गएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए । कोरोना भाइरसको कारण सङ्क्रमित भई ज्यान गएको तेस्रो व्यक्ति भारतको पश्चिमी राज्य माहाराष्ट्रका भएका जनाइएको छ ।
गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको ज्यान गएको भारतले घोषणा गरेको थियो । ती व्यक्तिको गत मङ्गलबार कर्नाटकमा ज्यान गएको थियो ।
यस अघि ज्यान गुमाएका दुबै व्यक्ति पनि महिला भएका जनाइएको छ । भारतमा कोरोना भाइरसका कारण हालसमम तीन व्यक्तिको ज्यान गएको र सङ्क्रमितको सङ्ख्या १२५ पुगेको छ ।