कुनै पनि चिजको खोज गर्नु वा आविष्कार गर्नु सामान्य काम हैन । यसमा खोजकर्तालाई वर्षौं लागेको हुन्छ । वर्षौंको खोज र मिहिनेतपछि उनीहरुलाई सफलता मिल्छ । आज हामी केहि आविष्कारकहरू र उनीहरूका आविष्कारहरूको बारेमा बताउँदैछौँ, जसका आविष्कारहरू त धेरै उपयोगी साबित भए, तर उनीहरुका आफ्नै आविष्कारहरू नै उनीहरुको ज्यानको दुश्मन बन्न पुगे।
म्याडम म्यारी क्युरी
प्रख्यात भौतिकविद र रसायशास्त्री म्यारी क्यूरी, जसले रेडियम र पोलोनियम नामका दुई तत्वहरू पत्ता लगाईन्, पछि यिनै तत्वका कारण सन् १९३४ मा उनको ज्यान गयो । वास्तवमा, म्यारी क्यूरी रेडियोएक्टिविटी सम्बन्धि काम गरिरहेकी थिइन्, तर उनलाई रेडियोएक्टिभिटी कति खतरनाक छ भन्ने बारे थाहा थिएन। अन्तत: यसले उसको शरीरमा नराम्रो असर पार्यो, जसको कारणले उनले ज्यान गुमाउँनु पर्यो ।
होरेस लसन ह्यान्ली
२९ डिसेम्बर १८२३ मा संयुक्त राज्य अमेरिकाको समर काउन्टीमा जमेका होरेस लसन ह्यान्लीले ह्यान्डहेल्ड पनडुब्बीको आविष्कार गरेका थिए। यद्यपि परीक्षणको क्रममा उनको पनडुब्बी समुद्रमा डुबेको थियो, जसमा उनीसँगै उनका चालक दलका सदस्यहरूसमेत उपस्थित थिए। त्यस दुर्घटनामा पनडुब्बीमा उपस्थित सबैको ज्यान गयो।
फ्रान्ज रिकेल्ट
अस्ट्रेलियामा जन्मेका फ्रान्ज रिकेल्टलाई आधुनिक विङ्गसुटको आविष्कारक मानिन्छ । तर यसको परिक्षणको क्रममा पेरिसको आइफिल टावरबाट हाम फाल्दा उनले ज्यान गुमाए । त्यतिबेला उनी मात्र ३३ वर्षका थिए ।
विलियम बुलक
अमेरिकाको बुल्भिलमा जन्मेका विलियम बुलक रिचर्ड मार्च होइद्वारा निर्मित ‘रोटरी प्रिन्टिङ्ग प्रेस’ को सुधारका लागि परिचित छन्। उनकै कारण प्रिन्टिङ्ग इन्डसट्रीमा परिवर्तन आएको थियो । तर उनको आफ्नै प्रिन्टि मेशिन मर्मद गर्दा, त्यसमा फसेर उनले ज्यान गुमाए ।
हेनरी स्मोलिन्स्की
हेनरी स्मोलिन्स्की उड्ने कारहरू बनाउँनका लागि परिचित छन्। उनले पहिलोपल्ट यसको आविष्कार १९७३ मा गरेका थिए , जसलाई उनले ‘एभ मिजार’ नाम दिएका थिए । तर, जब उनले आफ्नो उड्ने कारको परीक्षण गर्न त्यसलाई उडाए, कार दुर्घटना भयो, र सोहि दुर्घटनामा उनको ज्यान गयो।