मुंगको दालका अनेक फाईदा, वजन कम गर्नेदेखि ‘ब्लड प्रेशर’ नियन्त्रण सम्म !

मुंगको दाल स्वास्थको लागि निकै फाईदाजनक हुन्छ । यो दाल बिमारी ठिक पर्नको साथै स्वस्थ रहन पनि उपयोगी हुन्छ । यति मात्र हैन यो दालले तौल घटाउँन र रक्तचाप नियन्त्रण गर्न पनि मद्दत गर्छ । मुंगको दाल स्वस्थ र हल्का हुन्छ र यो पेटको समस्याहरूका लागि पनि निकै लाभदायक हुन्छ।

अहिलेको समयमा धेरै मानिसहरुलाई तौल बढ्ने समस्याले सताई रहेको हुन्छ । यस्ता मानिसलाई मुंगको दाल निकै उपयोगी हुन्छ। यस्तोमा, के-के हुन्छन् त मुंगको दालको फाईदाहरु ?

रक्तचाप नियन्त्रण गर्छ 

फाइबर, म्याग्नीशियम र पोटेशियमले भरपूर मुंगको दाल रक्तचाप नियन्त्रण गर्न सबैभन्दा लाभदायक हुन्छ। मुंगको दालमा घुलनशील फाइबर हुन्छ, जसले हामीले खाएको खान आन्द्रासम्म पुर्याउँन  सहयोग गर्छ। त्यस्तै, यो दाल हल्का हुन्छ जसले गर्दा पेटको समस्याहरू हटाएर पाचन प्रणालीको समस्या पनि निको पार्छ।

वजन घटाउँन मद्दत गर्छ 

यदि तपाईं वजन घटाउँन कोशिस गर्दै हुनुहुन्छ भने, तपाईंले आफ्नो दैनिकी भोजनमा उच्च प्रोटीन फूडहरू समावेश गर्नुपर्छ। यसो गर्नु निकै  लाभदयाक  हुन्छ । उच्च प्रोटीन भएको खाना खाँदा लामो समयसम्म भोक लाग्दैन, जसको कारणले तपाईं कम मात्रामा खाना खान्नुहुन्छ र तपाईंको तौल बढ्दैन। प्रोटिन धेरै भएको खानामा मुंगको दाल पनि पर्छ ।  मुंगको दालमा प्रोटिन भरपूर हुन्छ ।

मेटाबोलिजम बढाउँन मद्दत गर्छ 

एसिडिटी र डिसपेप्सिया प्राय: खराब मेटाबोलिजमको कारण हुन्छ। मुंगको दालले मेटाबोलिक दर बढाउँदै यी समस्याहरूलाई  हटाउँन मद्दत गर्छ । यस्तै, मुंगको दालमा पाइने फाइबरले पाचन प्रणालीलाई पनि मजबूत बनाउँछ ।

इम्युनिटी बढाउँछ 

कमजोर इम्युनिटको कारण व्यक्ति धेरै रोगहरूको संक्रमित हुनसक्छ। यस्तोमा, मुंगको दालले  प्रतिरोध क्षमता बढाउँनको लागि निकै मद्दत गर्छ ।

प्रकाशित : मङ्गलबार, चैत ०४, २०७६१३:४२

धेरै स्वास्थ्य समस्याको ‘रामवाण’ हो जौको पानी!