एजेन्सी – सामाजिक संजालमा हरेकदिन कुनै न कुनै भिडियो भाइरल भइरहेको हुन्छ । यस्तै एउटा भिडियो अहिले सामाजिक संजालमा छाएको छ । यो भिडियो मानिसलाई यति मन परेको छ कि यस भिडियोलाई व्यक्तिहरूले सामाजिक संजालमा लगातार शेयर गरिरहेका छन् ।
जुन भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ , त्यसमा कोब्रा र न्याउरीमुसा बिच रोडमा एक लडाई गरिरहेको देख्न सकिन्छ। भिडियोमा ती दुबै एक अर्कालाई कडा आक्रमण गरिरहेका छन्। यो भिडियोमा देख्न सकिन्छ कि कोब्रा समुद्रतटको सडकमा क्रल गरिरहेको छ र त्यहि समयमा न्याउरीमुसा आइपुग्छ।
Animals trying to kill a snake is akin to suicide, but mangoose have tricks of their own.Residing for millions of years alongside them, they have adopted to its venom. Agility, thick coats & glycoprotein production makes it immune to venom.Thick jaws brings cobra down in seconds. pic.twitter.com/d32TmUTjcJ
— Susanta Nanda (@susantananda3) March 16, 2020
कोब्राले आफ्नो ज्ञात दुश्मन न्याउरीमुसा देख्छ र उसलाई आक्रमण गर्न थाल्छ। तर न्याउरीमुसाले पनि हार मान्दैन र दृढतापूर्वक कोब्रासँग लड्छ। अन्ततः न्याउरीमुसाले कोब्राको मुख समात्छ। त्यसपछि न्याउरीमुसा त्यहाँबाट भागे जस्तो गर्छ । तर फेरी आएर कोब्रासँग लडाई गर्छ । अन्तत : न्याउरीमुसाले कोब्रालाई समात्न सफल हुन्छ ।
यो एक मिनेटको भिडियो भारतीय वन अधिकारी सुशान्त नन्दद्वारा ट्वीटरमा साझा गरिएको छ। उनले क्याप्शनमा लेखेका छन्, “सर्पलाई मा-र्ने प्रयास गर्नु कुनै सजिलो कुरा होइन। तर न्याउरीमुसाहरूको आफ्नै विशेष उपाय हुन्छ। हजारौं वर्षदेखि उनीहरुले सर्पलाई मा-र्न सफल भइरहेका छन्।”