कोरोना भाइरस जब चीनबाट फैलिन सुरु भयो त्यहि समयबाट नै त्यहाँका अस्पतालहरुमा निकै सतर्कता अपनाइएको छ । त्यहाँ अस्पतालमा डाक्टरहरु २४ घण्टानै काम गरिरहेका छन् । त्यस्तै, नर्सहरु पनि निकै लामो सिफ्ट गरिरहेका छन् । यस्तै, चीन पछि कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित भएको देश हो इटाली । त्यहाँ पनि डाक्टर लगायत नर्सहरूले पनि कोरोना बिरामीहरूको हेरचाह गर्न धेरै घण्टा निरन्तर काम गरिरहेका छन् । इटालीमा अहिलेसम्म कोरोनाको संक्रमणको कारण १४०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
अहिले सामाजिक संजालमा एक तस्बिर निकै भाइरल भइरहेको छ । एड्रेया भोट (Andrea Vogt) ले यो तस्बिर ट्विटर मा साझा गरेकी हुन् । उक्त तस्बिरमा एक महिला मास्क लगाएर सुतेको देख्न सकिन्छ । उनि निकै थकित देखिन्छिन् । यो फोटो नर्स एलीन पेग्लियारिनी (Elena Pagliarini,) को हो । उनी लोम्बार्डी क्षेत्रको अस्पतालमा काम गर्छिन्। यो तस्बिरलाई देखेर पनि इटालीको अहिलेको अवस्थाको अनुमान लगाउँन सकिन्छ । यस्तोमा त्यहाँका डाक्टर र नर्सहरु लामो समयसम्म काम गर्न बाध्य छन् ।
This is the #coronavirusitaly outbreak: A #Cremona nurse, Elena Pagliarini, asleep at work station in full gear after a grueling 10-hr shift on hospital front lines. Doc who snapped pic said they hooked up a 23-year-old man w/ #covid19 pneumonia to a ventilator today. #Heroes. pic.twitter.com/9sUbHTqkzB
— Andrea Vogt (@andreavogt) March 10, 2020
पेग्लियारिनीको अहिले विश्वभर चर्चा छ । पग्लारिनी भन्छिन् ,” वास्तवमा मा शारीरिक रूपमा थकित छैन र निरन्तर २४ घण्टा काम गर्न सक्छु, तर म यो समयमा थकित र दु:खी छैन भनेर लुकाउँन पनि सक्दिन। किनभने यस समयमा विश्वको शत्रुसँग लडाई गरिरहेको छु । “
यस्तै, अहिले सामाजिक संजालमा अर्को एउटा तस्बिर पनि भाइरल भइरहेको छ । मिस एलेसिया बोनारीले यो तस्बिर उनको इन्स्टाग्राम अकाउंटमा साझा गरेकी हुन् , जसमा उनको अनुहारमा निशानहरू देख्न सकिन्छ । यी निशानहरु अरु केहि चिजको नभई काम गर्दा दिनभरी मास्क लगाएर बनेको निशान हुन् । एलेसिया बोनारी लेख्छिन् कि मास्क वास्तवमा उनको अनुहारमा फिट हुँदैन। उनको आँखा पनि राम्रोसँग ढाकिंदैन । उनी भन्छिन् कि अस्पतालका कर्मचारी ६-६ घण्टासम्म पानी पिउन पाउँदैनन् र शौचालय को प्रयोग गर्न पनि घन्टौंसम्म पाउँदैनन्।
https://www.instagram.com/p/B9gmYPLJFt_/?utm_source=ig_embed
लोम्बार्डीको अर्को शहर, बार्गाममा रहेको अस्पतालमा कार्यरत नर्स ड्यानियल म्याकस्नीले फेसबुक मार्फत एक पोस्ट गरेकि छिन् । उनले लेखिन् कि मैले मेरो छोरा र परिवारलाई गत दुई सातादेखि भेट्न सकेकि छैन। मलाई डर लाग्छ कि उनीहरूलाई पनि कोरोना भाइरसको संक्रमण भयो कि भन्ने । मसँग मेरो छोराको केहि तस्वीर र भिडियोहरू छन् जुन तस्बिरहरु हेर्दा मेरो आँखामा आशु आउँछ ।