सायद कमै मानिसलाई थाहा हुनसक्छ कि जौ को पानीले हृदय रोगबाट बचाउँछ । शरीरमा कोलेस्ट्रोलको स्तर बढ्नु हृदयघातको प्रमुख कारण हो, यसलाई कम गर्न जौ को पानी पिउँनु प्रभावकारी उपचार मानिन्छ। यस्तै यसमा मिनारल्स पनि भरपूर पाइन्छ । भिटामिन बी कम्प्लेक्स हुनुका साथै यसमा आइरन, क्याल्सियम, म्याग्नीशियम, सेलेनियम, जिंक, तामा, प्रोटीन, एमिनो एसिड, डाएट्री फाइबरलगायत विभिन्न प्रकारका एन्टि-अक्सिडन्टहरू पनि पाइन्छ। यस बाहेक यसको सौन्दर्य बढाउँन , मोटोपना घटाउँन जस्ता धेरै फाइदाहरू छन्। आज हामी तपाईंलाई जौ पानीका फाइदाहरूका साथै घरमै यसलाई बनाउँने र सेवन विधि पनि बताउँछौं।
रगतमा निखार
जौ मा एमोजिक एसिड हुन्छ, जसले डण्डीफोर हटाउँन र यसको दाग हटाउँन मद्दत गर्छ, साथै अनुहारको रंग सुधार गर्नका लागि पनि यो निकै उपयोगी हुन्छ। दैनिक बिहान जौ को पानिले मुख धुँदा निकै फाइदा हुन्छ । यद्यपि रगतमा निखार ल्याउँन जौ को पानीको सट्टा जौको पीठोको लेप पनि प्रयोग गर्न सकिन्छ । जौ को पीठोमा बेसार, रायोको तेल र पानी मिलाएर हल्का बाक्लो लेप तयार पार्नुपर्छ । यो लेप अनुहार र सम्पूर्ण शरीरमा लगाउँनु पर्छ र केही समय पछि नुन पानीले नुहाउँनुपर्छ ।
मोटोपना
जौ को पानीमा केही घुलनशील र अघुलनशील फाइबर पाइन्छ, त्यसैले यसलाई सीमित मात्रामा पिउँदा यसले पेट भरिएको महसुस गराउँछ, जसले गर्दा तपाईंलाई छिटै भोक लाग्दैन । यसले शरीरमा क्यालोरीहरू जम्मा गर्न पनि रोक्छ। तसर्थ,यसको नियमित प्रयोग छिटो तौल घटाउँन उपयोगी हुन्छ।
मधुमेह र कोलेस्ट्रोल नियन्त्रण
यसमा केहि एन्टि-अक्सीडन्टहरू समावेश हुन्छ जसले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न मद्दत गर्छ। यसले गर्भवती महिलाहरुलाई यस अवधिमा मधुमेहबाट बचाउँछ, यस समयमा खुट्टा वा टाउको दुख्ने र सुन्निने समस्या पनि कम गर्छ। यती मात्र होइन, यो हृदय रोगका कारक,शरीरमा रहेको खराब कोलेस्ट्रोल, कम गर्न पनि धेरै प्रभावकारी हुन्छ। त्यसैले, यसले मुटु रोगहरुबाट पनि सुरक्षित राख्छ।
पथरी र युरिन इन्फेक्सन
जौ को पानीमा एक प्रकारको चिनी हुन्छ जसलाई बीटा ग्लुकन भनिन्छ, जसले शरीरमा जम्मा हुने विषाक्त पदार्थहरू पाचन र पेशाबको माध्यमबाट हाम्रो शरीरबाट बाहिर निकाल्छ । यसको नियमित प्रयोगले पिसाबको बेला हुने जलन वा यूरिन संक्रमणबाट बचाउँछ, यस्तै कसैको पेटमा पथरी छ भने पनि जौ को पानी पिउन सल्लाह दिइन्छ। यसले पथरीलाई गलाएर पिसाबको मध्यमबाट शरीर बाहिर निकाल्छ ।
पाचन प्रणालीमा सुधार
यसले शरीरमा पानीको कमी हटाएर पाचन क्रियामा सुधार ल्याउँछ। यसमा केही पाचन क्रिया सम्बन्धि फाइबरहरू हुन्छन् जसले पाचन प्रणालीलाई मजबूत बनाउँछ, त्यस्तै,यसले कब्ज कम गर्नुका साथै पखाला र पाईल्स जस्ता समस्याहरूलाई पनि हटाउँछ। पाचन प्रक्रियामा सुधार हुनाले शरीरमा पोषक तत्वहरूको शोषण बढाउँछ र मेटाबोलिजम पनि बढाउँछ।
जौ को पानी तयार गर्ने तरिका
एक कप जौ राम्रोसँग धोएर तीन कप पानीमा भिजाएर तीन घण्टासम्म राख्नुहोस् । त्यसपछि, त्यसलाई छानेर ३ – ४ कप पानीमा राखेर यसलाई आधा घण्टा सम्म सानो आगोमा पकाउँनुहोस् । त्यसपछि, पकाएको पानी छानेर सेलाउँन छोद्डिनुहोस् ।
यो तयार गरिएको पानी दैनिक २ – ३ कपको मात्रामा पिउँन सकिन्छ । त्यस्तै, यसमा मह मिलाएर पनि खान सकिन्छ ।