आज चैत्र ५ गते बुधबार, तपाईको दिन कस्तो रहला? हेर्नुहोस् दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको  दिन मिश्र फलदायी रहेको छ । तपाई अस्वस्थता एवम व्यग्रताको अनुभव गर्नुहुनेछ । शरीरमा  थकान र आलस्य एवं मनमा अशान्तिको अनुभुति हुनेछ । व्यवहारमा  न्यायपूर्णता ल्याउने प्रयास गर्नुहुनेछ । निर्धारित कार्य गर्नको लागि प्रयासरत रहनुहुनेछ । धार्मिक यात्राको आयोजन हुनेछ ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

दिन सावधानीपूर्वक बिताउनुहोला। कुनै पनि प्रकारको कार्य प्रारम्भ नगर्नुहोला । तपाईको  स्वास्थ्य बिग्रिन सक्ला । खान-पानमा  विशेष ध्यान राख्नुहोला। शारीरिक रूपबाट थकान र मानसिकरूपबाट  व्याकुलताको  अनुभव गर्नुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको दिन आनन्द-प्रमोदमा बित्नेछ  । विपरीत लिंगीय व्यक्तिसँग भेट हुनेछ । मित्र तथा प्रियपात्रसँग मनोरंजनपूर्ण यात्रा हुनेछ । नयाँ वस्त्र किन्नुहुनेछ र त्यसलाई लगाउने अवसर प्राप्त गर्नुहुनेछ। भोजनमा मिठो खानेकुरा पाउनुहुनेछ। उत्तम वैवाहिक सुख प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको दिन राम्रोसँग बित्नेछ । घरमा शान्ति तथा आनन्दको वातावरण रहनेछ एवम सुखमय प्रसंग बन्नेछ । कार्य गर्नुहुनेछ र त्यसमा प्रसिद्दी प्राप्त हुनेछ। घरमा परिवारसँग  हर्षोल्लासमा समय बित्नेछ  ।   पेसामा लाभ हुनेछ ।  स्त्री मित्रसँग भेट हुनुका साथै मन प्रसन्न रहनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको दिन आनन्दसँग बित्नेछ । तपाई अधिक  कल्पनाशील बन्नुहुनेछ । प्रियतमसँग भएको भेट शुभ फलदायी रहनेछ। सन्तानको  प्रगतिको  समाचार मिल्नेछ । विधार्थीको  अभ्यासको हेतु निकै राम्रो समय रहेको छ । मित्रसँग भेट हुनेछ ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

तपाईको लागि दिन शुभ रहेको छैन । शारीरिक तथा मानसिक स्वास्थ्य ठीक रहनेछैन। कैयौँ समस्याको कारण मन व्याकुल रहनेछ । स्फूर्तिको अभाव हुनेछ । आफन्तसँग झगडा हुनेछ । आमाको स्वास्थ्यको चिन्ताले सताउनेछ । स्त्री तथा पानीबाट  हानिको  डर रहनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईको  दिन शुभ फलदायी रहनेछ। कुनै  धार्मिक स्थलमा जाने अवसर आउनेछ । धन लाभको योग रहेको छ । विदेशबाट शुभ समाचार मिल्नेछ । व्यवहारिक प्रसंगको कारण यात्रा गर्नुहुनेछ । नयाँ कार्यको आरम्भको लागि शुभ दिन रहेको छ । शारीरिक वा  मानसिक रुपबाट  स्वस्थ्य रहनुहुनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

साधारण लाभ हुने  दिन रहको छ । व्यर्थको  खर्चमा रोक लगानी हुनेछ। परिवारमा झगडा नहोस यस कुराको ध्यान राख्नुहोला । शारीरिक समस्याले मन ग्लानि रहनेछ । नकारात्मक मानसिकता नराख्नुहोला । अनैतिक प्रवृत्तिबाट टाढा रहनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

शारीरिक तथा मानसिक स्वस्थ्यको  ध्यान राख्नुहोला । तपाईले  निर्धारित कार्य गर्नुहुनेछ। आर्थिक लाभ प्राप्त हुनेछ । आफन्तसँग मिल्नाले मन आनन्द रहनेछ । दाम्पत्यजीवनमामा  सुख र आनन्द मिल्नेछ । तपाईको व्यवहार सामान्य रहनेछ । रुचिकर भोजन मिल्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

सावधानीपूर्वक दिन बिताउनुहोला । व्यवसायिक कार्यमा   सहकारी हस्तक्षेप बढ्नेछ । खर्च सामान्यभन्दा अधिक रहनेछ । धार्मिक, सामाजिक कार्यमा व्यस्तता बढ्नेछ तथा खर्च पनि हुनेछ। अधिक परिश्रम गर्नाले  सफलता मिल्नेछ । मानसिक व्याकुलताको  अनुभव हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नयाँ कार्यको आयोजनको प्रारम्भ नगर्नुहोला । पेसा  तथा व्यापारमा लाभ होला । स्त्री मित्रबाट कार्य मिल्नेछ। सामाजिक क्षेत्रमा प्रसिद्दी मिल्नेछ। सन्तानसँग मेलमिलाप रहनुहुनेछ  ।  विवाह  इच्छुक मनाछेको लागि विवाहको संयोग उपस्थित हुनेछ  ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

तपाईको दिन अत्यन्त शुभ फलदायी रहेको छ ।  कार्यसफलता र उच्च पदाधिकारीको  कृपादृष्टिको कारण प्रसन्नताको दिन रहनेछ । कुटुम्बसँग आनन्दको वातावरण रहनेछ । स्वास्थय राम्रो रहनेछ । सरकारको तर्फबाट लाभ हुनेछ । मान-सम्मान तथा पदोन्नति हुनेछ ।

प्रकाशित : मङ्गलबार, चैत ०४, २०७६१४:४६

भोलि चैत्र ५ गते बुधबार, तपाईको दिन कस्तो रहला? हेर्नुहोस् दैनिक राशिफल!