कोरोना भाइरसका कारण युरो कप यस वर्ष नहुने !

एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले सन २०२० मा युरोपका विभिन्न १२ राष्ट्रमा तय भएको युरोकपलाई एक वर्ष पछाडि सार्ने निर्णय गरेको छ ।

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व खेलकुद गतिविधि ठप्प छ । यसबारे युइएफको मंगलबार बसेको बैठकले प्रतियोगिता सार्ने निर्णय गरेको हो । सदस्य राष्ट्रहरुसँग भिडियो कन्फ्रेन्समार्फत बोर्ड बैठक सम्पन्न भएको थियो ।

युरोकपलाई एक वर्ष पछि सार्दै च्याम्पियन्स लिग र युरोपा लिगलाई भने निरन्तर सकाउने निर्णय भएको छ । यसै वर्ष १२ जुनदेखि १२ जुलाईसम्म हुने भनिएको युरो अब सन् २०२१ जुन ११ देखि जुलाई १२ सम्म आयोजना हुनेछ ।

च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेग र युरोपा लिगको प्रि–क्वाटरफाइनलको खेल जारी रहँदा युइएफएले खेल स्थगित गर्ने आदेश दिएको थियो । च्याम्पियन्स लिगको विस्तृत खेल तालिका भने केहि समयपछि मात्र सार्वजनिक हुने तयारी छ ।

युइएफएका अध्यक्ष एलेक्सन्डर सेफिरिनले विभिन्न प्रस्ताव सदस्य राष्ट्रबाट आएको प्रस्तावलाई अघि सारेर यसबारे निर्णय लिएका छन् । अहिले युरोपको चर्चित फुटबल लिगसँगै अन्य खेल गतिविधि ठप्प छ । इंग्लिस प्रिमियर लिग, इटालियन सिरी ‘ए’, स्पेनिस ला लिगा, जर्मन बुन्डेस लिगा, फ्रेन्च लिग वान ४ अप्रिलसम्म स्थगित गरिएको छ ।

प्रकाशित : मङ्गलबार, चैत ०४, २०७६१४:५३

युभेन्टसका अर्का खेलाडीमा पनि देखियो कोरोना संक्रमण !