श्रीदेवी देखि हेमा मालिनीसम्म यी ९ बलिउड अभिनेत्रीले गरेका थिए अरुले छाडेकासँग विवाह !

बलिउड जगतमा अभिनेत्रीहरु चलचित्र बाहेक उनीहरुको विवाहका कारण पनि चर्चामा हुने गर्दछन्। बलिउडमा यस्ता अभिनेत्री पनि छन्, जसले सम्बन्ध विच्छेद पछि पुर्नविवाह गरे। यस्तै केही अभिनेत्रीहरुले भने पहिलेनै विवाहित तथा सम्बन्ध विच्छेद भएको व्यक्तिसँग विवाह गरे। आज हामी बलिउडका ती अभिनेत्रीहरूबारे चर्चा गर्नेछौ, जसले विवाहित व्यक्तिसँग विवाह गरे।

श्रीदेवी

‘बलिउडकी चाँदनी’ श्रीदेवीले चलचित्र निर्माता बोनी कपूरसँग विवाह गरिन्। यसभन्दा अघि बोनीको १९८३ मा विवाह भइसकेको थियो। बोनीको यो दोस्रो विवाह थियो। बोनी कपूरका पहिलो श्रीमतीबाट अर्जुन र अंशुला दुई सन्तान छन् भने श्रीदेवीबाट दुई छोरी छन्।

हेमा मालिनी

बलिउडकी ‘ड्रीम गर्ल’ हेमा मालिनीले नायक धर्मेन्द्रसंग विवाह गरेकी थिईन्, जो पहिले नै विवाहित थिए। धर्मेन्द्रकी पहिलो पत्नीको नाम ‘प्रकाश कौर’ हो। हेमा र धर्मेन्द्र दुबैले विवाहको लागि धर्म परिवर्तन गरेका थिए। दुबैले इस्लाम धर्म स्वीकारे र चुपचाप विवाहको बन्धनमा बाधिएका थिए। तर पछि उनीहरु दुबैको हिन्दू रीतिथितिमा पनि विवाह भयो। यस प्रकार हेमा धर्मेन्द्रकी दोस्रो श्रीमती भइन्। विवाह पछि प्रकाश कौरले एक अन्तर्वार्तामा भनेकी थिईन्, ‘हेमाले जे गरिन् त्यो ठिक गरिनन्, म हेमाको ठाउँमा भएको भए त्यसो गर्दिन थिए’।

करिश्मा कपूर

बलिउडकी प्रसिद्ध अभिनेत्री करिश्मा कपूरले संजय कपूरसँग विवाह गरेकी थिइन्। संजयको पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद भएको थियो। यद्यपि, करिश्मा र संजयको पनि पछि सम्बन्धविच्छेद भयो।

रवीना टण्डन 

बलिउड अभिनेत्री रवीना टण्डनले पनि पहिलेनै विवाहित अनिल थडानीसँग विवाह गरेकी हुन्। अनिल थडानीकी पहिला पत्नीको नाम नताशा हो। रवीना र अनिलका रणबीरवर्धन र राशा दुई छोराछोरी छन्।

विद्या बालन

यो सूचीमा बलिउडकी पध्मश्रीद्वारा सम्मानित अभिनेत्री, विद्या बालनको नाम पनि समावेश गरिएको छ। विद्याले २०१२ मा सिद्धार्थ राय कपूरसँग विवाह गरेकी थिईन्। सिद्धार्थले विद्या बालन अघिनै २ विवाह गरिसकेका थिए।

करीना कपूर

बलिउडकी बेबो अर्थात् करीना कपूरले पनि आफ्नो जीवनसाथीका रुपमा एक विवाहित व्यक्तिनै चुनिन्। उनले बलिउडकै अभिनेता सैफ अली खानसंग विवाह गरिन्। सैफकी पहिलो पत्नीको नाम अमृता हो। सैफ र करीनाको एउटा छोरा पनि छ, जो आजकल निकै चर्चामा रहेको छ।

शिल्पा शेट्टी

बलिउडकी फिट गर्ल शिल्पा शेट्टीले प्रख्यात उद्योगपति राज कुन्द्रासंग गरेकी थिइन्। राजले शिल्पाको लागि आफ्नो पहिलो पत्नी कवितासंग सम्बन्ध विच्छेद गरेका थिए। राज र शिल्पाको एक छोरा पनि रहेको छ, जसको नाम विवान हो।

लारा दत्ता

मिस युनिवर्स रहेकी अभिनेत्री लारा दत्ताले भारतीय टेनिस प्लेयर महेश भूपतिसंग विवाह गरेकी हुन्। महेशको पहिलो विवाह श्वेता जयशंकरसंग भएको थियो।

रानी मुखर्जी

रानी मुखर्जीले यशराज फिल्मका मालिक आदित्य चोपड़ासंग विवाह गरेकी हुन्। आदित्य पहिलानै विवाहित थिए र यो उनको दोस्रो विवाह थियो। आदित्य र रानीको एक छोरी पनि छिन्, जसको नाम अदिरा हो।

प्रकाशित : मङ्गलबार, चैत ०४, २०७६१४:५४

ज्याकलिन फर्नान्डिजले सिकाइन् योग गर्ने तरिका, सामाजिक संजालमा मच्चियो हङ्गामा