बेपत्ता पारिएका व्यक्तिको सूचिमा मन्त्रीकै नाम पनि समावेश…

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्व-न्दको समयमा बेपत्ता पारिएका व्यक्तिको सूचिमा मन्त्रीकै नाम पनि परेको छ । आयोगमा परेको उजुरी उपर छानविन गरि जारी गरिएको सूचीमा तत्कालीन वि-द्रोही माओवादीमा रहेकी बिना मगर पनि बेपत्ताको सूचीमा परेकी हुन् । हाल उनी खानेपानी तथा सरसफाइ मन्त्री रहेकी छन् ।

सशस्त्र द्व’न्दको समयमा पूर्ण र आंशिक बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गर्दा उनको नाम १९० औँ नम्बरमा रहेको छ । आयोगले सोमबार २ हजार ५ सय ६ जना बेपत्ताको नाम सार्वजनिक गर्दै कुनै जानकारी भए उपलब्ध गराउन अनुरोध गरेको छ ।

‘ती व्यक्तिहरूको सम्बन्धमा कुनै जानकारी÷सूचना÷प्रमाण भए यस आयोगको ठेगनामा उपलब्ध गराई दिनु भई आयोगको काममा सहयोग गरिदिनु हुन सर्वसाधारण÷नागरिक–समाव÷राजनीतिक दल÷ मानव अधिकारवादी संस्थाहरू÷पेशागत संघ संस्थाहरू÷सरकारी निकाय तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संघ सस्था समेतमा हार्दिक अनुरोध गरिन्छ’, आयोगले जारी गरेको सूचनामा भनिएको छ ।

उक्त सूचीमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको नाम पनि समावेश गरिएको छ । उनको नाम आशिंक बेपत्तामा आयोगले राखेको छ । आयोगका सूचना अधिकारी निरञ्जन घिमिरेले प्रारम्भिक अनुसन्धान सकेर विस्तृत अनुसन्धानमा गएका उजुुरीलाई सार्वजनिक गरिएको बताए । उनका अनुसार यसमा पूर्ण बेपत्ता र आशिंक बेपत्तालाई राखेर सार्वजनिक गरिएको जानकारी दिए । आयोगमा उजुरी परिसकेको र आधिकारिक रूपमा त्यसको खोजी नभएपछि नाम सार्वजनिक भएको स्रोतको भनाई छ ।

सूचना अधिकारी घिमिरेले पनि मन्त्री मगरको पनि आंशिक बेपत्ता भनेर उजुरी परेको हुनाले नाम समावेश गरिएको बताए । ‘केही समय बेपत्ता भएकोलाई आशिंक बेपत्ता भनेर स्वीकार गरिएको हो । मन्त्री मगर वा अरूकै बारेमा पनि अवस्था यस्तो हो भनेर प्रमाण आए आयोगलाई टुंग्याउन सजिलो हुन्छ’, उनले भने, ‘विस्तृत छानबिनअन्तर्गत उहाँको बयान लिने । पीडकहरू कोही खुल्छ भने उनीहरूको पनि बयान साउनदेखि लिने भनेर बयान कक्ष स्थापना गर्दै छौँ ।’

कञ्चनपुरको पुनर्वासमा जन्मिएकी मगर २०५१ सालमा जन-बालकलाकारको भूमिकामा राजनीतिमा प्रवेश गरेकी थिइन् । राजधानी काठमाडौंमा माओवादी आ-न्दोलनमा सक्रिय रहेका २०६० सालमा उनलाई तत्कालीन शाही नेपाली सेनाले गि’रफ्तार गरेको थियो । सोही क्रममा उनी बेपत्ता भएकी थिइन् ।

सबै अनुसन्धान सकिएपछि आशिंक बेपत्ता छ भने के गर्ने, पूर्ण बेपत्ता छ भने के गर्ने भनेर टुंगो लाग्ने आयोगले जानकारी दिएको छ । सशस्त्र द्वन्द्वको इपिसेन्टर रोल्पा र रुकुमबाट भने बर्दियाको भन्दा कम उजुरी परेको छ । रोल्पाबाट ९७ र रुकुमबाट ४५ जनाको मात्रै बेपत्ता पारिएको भन्दै उजुरी परेको छ । आयोगको सूची अनुसार सबैभन्दा धेरै बेपत्ताको उजुरी बर्दियाबाट परेको छ । बर्दियाका २ सय ५४ जनाको नाम बेपत्ता भएको सूचीमा छ ।

सूचीअनुसार दाङबाट १ सय २८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०÷४० जना बेपत्ताको सूचीमा छन् । आयोगले बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भए आयोगको टोल फ्री नम्बर १६६०–०१–२२१११ मा सम्पर्क गरेर सूचना दिन सकिने बताएको छ । त्यस्ता सूचना तथा प्रमाण उपलब्ध गराउन भने कुनै समयसीमा तोकिएको छैन । आजको सौर्य दैनिकमा खबार छ।

प्रकाशित : बुधबार, चैत ०५, २०७६०३:०५

प्रदेश-२ सभाः नामकरण गर्न असफल, चार ओटै प्रस्तावले दुई तिहाई पुर्याउन सकेनन् !