काठमाडौँ – प्रदेश–२ को प्रदेशसभामा प्रदेशको नाम मधेश प्रदेश राख्न सत्तारुढ दलले गरेको प्रस्ताव अस्वीकृत भएको प्रति समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक संजाल ट्वीटर मार्फत भट्टराईले चरम असन्तुष्टि व्यक्त गरेका हुन्। मधेसी पहिचान नेपालको संविधानले नै स्वीकार गरेको अवस्थामा उक्त नाम अस्वीकृत भएको प्रति भट्टराईको असन्तुष्टि छ।
मधेसी पहिचान नेपालको संविधानले नै स्वीकार गरेको छ भने दुई नम्बर प्रदेशको नाम मधेश प्रदेश किन हुन सक्दैन? भन्दै भट्टराईले प्रश्न गरेका छन्।
भट्टराईले पूर्व माओवादी कमरेडहरु मातृका यादव, प्रभु साह, भरत साह कहाँ छन्? पूर्व नयाँ शक्तिका मित्रहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ छन्? भन्दा प्रश्न पनि गरेका छन्।
“जब मधेसी पहिचान नेपालको संविधानले नै स्वीकार गरेको छ भने दुई नम्बर प्रदेशको नाम मधेश प्रदेश हुन किन सक्दैन? हाम्रा पूर्व माओवादी कमरेडहरु मातृका यादव, प्रभु साह, भरत साह कहाँ छन्? पूर्व नयाँ शक्तिवाला मित्रहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ छन्? केही त लाज मान्नुस् मित्रहरु”,हिन्दी भाषामा ट्वीट गर्दै भट्टराईले भनेका छन्।
जब ‘मधेसी’पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम ‘मधेस प्रदेश’क्यों नहीं हो सकता?हमारे पूर्व माओवादी कमरेडो मातृका यादव,प्रभु साह,भरत साह कहाँ हैं?और पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा,रामकुमार शर्मा,महेन्द्र पासवान कहाँ हैं?कुछ तो शरम करो यारो!
— Baburam Bhattarai (@brb1954) March 18, 2020
प्रदेश–२ को प्रदेशसभा नाममा सहमति जुटाउन असफल भएको छ । प्रदेशको नाम जुटाउन भएको गोप्य मतदानमा परेका चार वटानै प्रस्तावले दुई तिहाई पुर्याउन सकेनन् ।
नेपाली कांग्रेसले मिथिला भोजपुरा, नेकपाले जानकी, सत्तारुढ राजपा र समाजवादीले मधेस प्रदेश तथा स्वतन्त्ररूपमा परेको मध्य प्रदेश गरी चार वटानै प्रस्तावले मंगलबार भएको मतदानमा दुई तिहाई पुर्याउन सकेनन्। प्रदेशको नामकरणलाई लिएर पुनः मतदान हुनेछ।