सिरहा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन विभिन्न पूर्व सावधानीहरू अपनाइएका छन् ।
नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको बताइरहँदा बजारमा माक्सलगायत दैनिक उपभोग्य सामानको कृत्रिम अभावसमेत सिर्जना हुन थालेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
यसै सन्दर्भमा बजारमा मास्कको अभाव हुन थालेपछि जिल्ला प्रहरी कार्यालय सिरहाले मास्क उत्पादन गर्न सुरु गरेको हो । सिरहा प्रहरी प्रमुख एसपी चतुर्वेदीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्वसावधानी अपनाउनसमेत आग्रह गरेको छ । कोरोनाको सन्त्रास बढेको भन्दै एसपी चतुर्वेदीले मातहतका कर्मचारी, स्थानीयवासी र थुनुवालाई समेत माक्स वितरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जिल्ला प्रहरी कार्यालयसहित मातहतका ईलाका प्रहरी कार्यालय, प्रहरीचौकीका करिब हजारभन्दा बढी थुनुवा, मातहतका कर्मचारी र करिब दुई सय स्थानीयहरूलाई माक्स वितरण गरिएको चतुर्वेदीले जानकारी दिए । ‘कोरोना रोग लाग्नबाट सचेत गर्दै माक्स कर्मचारी, स्थानीयवासी र थुनुवाहरूलाई माक्स वितरण गरिएको हो’, एसपी चतुर्वेदीले भने ।