ठाउँ-ठाउँमा “म केपी ओली द्वारा संरक्षित जग्गा दलाल र भ्रष्टाचारी हुँ” लेखिएको पोस्टर !

काठमाडौँ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले भ्रष्टाचारविरुद्ध पोस्टर अभियान संचालन गरेको छ।

प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी निकट भ्रातृ संगठन अखिल (क्रान्तिकारी)को लुम्बिनी क्षेत्रीय समन्वय समितिले भ्रष्टाचारविरुद्ध पोस्टर अभियान संचालन गरेको हो।

आफू पनि भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्नेको मुख पनि हेर्दिन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीनै भ्रष्टाचारीको संरक्षणमा लागेको अखिल (क्रान्तिकारी)को लुम्बिनी क्षेत्रीय समन्वय समितिको आरोप छ। समन्वय समितिले ओली-बास्कोटा तथा पौडेल अङ्कित पोस्टर बुटवलका विभिन्न ठाउँमा टाँसेर अभियान शुरु गरेको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कारबाही गर्नुको सट्टा प्रधानमन्त्रीले संरक्षणमा गरेर देशमा भ्रष्टाचारलाई बढावा दिएको निष्कर्ष सहित पोस्टर अभियान संचालन गरिएको बताइएको छ।

समन्वय समितिले टाँसेको पोस्टरमा पौडेल र बाँस्कोटाले “म केपी ओली द्वारा संरक्षित सरकारी जग्गा दलाल हुँ” र “म केपी ओली द्वारा संरक्षित भ्रष्टाचारीलाई हुँ” भनिरहेको देखाइएको छ।

बुधबार बिहान बुटवलका विभिन्न सार्वजनिक स्थान तथा कुकुर, गोरु र अन्य जनावरमा समेत उक्त पोस्टर टाँसेको पाइएको थियो।

प्रकाशित : बुधबार, चैत ०५, २०७६०७:०२

महोत्तरीमा भटाभट मान्छे मर्न थाले, गाउँले आतङ्कित !