कोरोनाको आशंकामा पाँच विदेशी टेकु अस्पतालमा भर्ना, एक सिधै आइसियूमा

कोरोना भाइरस संक्रमणको आशंकामा पाँचजना विदेशी नागरिकहरुलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ।

पाँचजनामध्ये एकजनालाई आइसियूमा र बाकी चारजनालाई आइसोलेसनमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सागर राज भण्डारीले जनाएका छन्।

सोमबार भर्ना गरिका पाँचै जना अमेरिका र स्कटल्याण्डका नागरिक भएको, डा. भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार, उनको अवस्था अलिक जटिल देखिएपछि सोमबारको दिननै आइसियूमा राखेर उपचार गरिएको हो।

भण्डारीले भने, ‘एकजनालाई  गम्भीर निमोनिया देखिएपछि आइसियूमा भर्ना गरेका हौ। तर उनको परीक्षण गर्दा भने नतिजा नेगेटिभ आएको छ। हामी फेरि दोस्रो परीक्षण गर्ने तयारी गर्दैछौं।’

चिकित्सकहरुका अनुसार, आइसियूमा रहेका उक्त व्यक्तिको अवस्थामा अहिले निकै सुधार आएको छ। साथै, उक्त विदेशी नागरिकलाई आजै आइसियूबाट बाहिर निकाल्ने तयारी भइरहेको छ।

निर्देशक भण्डारीका अनुसार,  टेकु अस्पतालमा पाँच वटा र पाटनमा मात्र सातवटा आइसोलेसन बेड रहेको छ। यो बेला थप शंकास्पद बिरामी आए पाटन अस्पतालमा पठाइने गरिएको छ। तर, पाटन अस्पतालमा बिरामी भरिएको अवस्थामा, अस्पतालले सशस्त्र अस्पतालमा पठाउँने गरेको छ।

प्रकाशित : बुधबार, चैत ०५, २०७६०७:२५

ग्यास र पेट्रोल लुकाएर महँगोमा बेची कमाउन खोज्दा दुई लाख जरिवाना !