कोरोनाको केन्द्रविन्दु अब भारत बन्न सक्ने, नियन्त्रण भन्दा बढी जान सक्ने विज्ञहरुको चिन्ता !

काठमाडौँ – चीन केन्द्रविन्दु रहेको विश्वभर फैलिएको कोरोना भाइरसले भारतलाई केन्द्रविन्दु बनाउन सक्ने तर्फ विज्ञहरुले चेतवानी दिएका छन्।

विश्वका अन्य मुलुकहरुमा कोरोना नियन्त्रणका लागि अपनाइएको रणनीतिले भारतका काम नगर्ने र यसका पछाडी भारतको जनसंख्या बाधक हुने उल्लेख गर्दै विज्ञहरुले यस्तो चेतवानी दिएका हुन्।

भारतमा विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको हुँदा कोरोना भाइरस नियन्त्रणमा भारतलाई धेरै गार्हो पर्ने विज्ञहरु बताउँछन्। कोरोना नियन्त्रणमा जनसंख्या मात्र नभई आवश्यक औजार सामग्री पनि चुनौती बन्न सक्ने विज्ञहरुको दावी छ।

भारतमा १ अर्ब ३० करोडभन्दा बढी जनसंख्या छ। भारतमा अहिलेसम्म करिब १५० जनामा संक्रमण देखा परेको छ भने ३ जनाको ज्यान गैसकेको छ।

ठूलो जनसंख्या भएका शहरहरुमा कोरोनाको जोखिम अझ बढी हुने विज्ञहरुको आकलन छ। विज्ञहरु भन्छन्,”भारतका शहरहरुमा कोरोना भाइरसको संक्रमण फैलीहालेको खण्डमा नियन्त्रण गर्न धेरै कठिन हुन सक्छ। एसियाका अन्य मुलुकको तुलनामा भारतमा अहिलेसम्म यो भाइरसको प्रकोप कम देखिएपनि फैलीहालेको खण्डमा अवस्था नियन्त्रण भन्दा बाहिर जान सक्छ।”

कोरोना परिक्षणलाई लिएर डर

विज्ञहरुले भारतसँग कोरोना परिक्षण गर्ने पर्याप्त मात्रमा प्रयोगशाला नभएको तर्फ पनि चिन्ता व्यक्त गरेका छन्। १ अर्ब ३० करोडभन्दा बढी जनसंख्या भएको दैनिक ५०० जनाको मात्र परीक्षण गर्ने क्षमता रहेको छ।

ठूलो जनसंख्या भएको देशमा परिक्षण गर्ने साधन श्रोत कम हुनुले कोरोना भाइरसको जोखिमलाई अझ बढी बढाउने आकलन गर्न सकिने विज्ञहरु बताउँछन्।

प्रकाशित : बुधबार, चैत ०५, २०७६०८:१८

कोरोनासँग लड्न तयार नेपाली सेना: यसरी गरियो पूर्वाभ्यास ! [तस्विर सहित]