माछा ताजा हो कि होइन भनेर छुट्याउन यस्तो गर्नुहोस् ! [तरिका सहित]

के माछा तपाईको मनपर्ने खाना मध्ये एक हो? के तपाई सुपर मार्केट वा सामान्य बजारबाट माछा खरीद गर्नुहुन्छ? माछा खरीद गर्दा खरिद गर्दा हामीले एकमात्र सोध्ने प्रश्न, के यो ताजा हो?

सबैभन्दा ठूलो समस्या भनेको, हामीलाई ताजा माछा वा बासी भन्ने बारे केहि ज्ञान हुदैन। हामी बजारमा गएर पसलको मान्छेले भनेकै भरमा जे पनि किन्ने गर्छौ। बासी वा पुरानो माछा हाम्रो स्वास्थ्यका लागि निकै खतरनाक हुन सक्छ। साथै, बासी माछामा स्वाद र पौष्टिक तत्वहरूको पनि अभाव हुन सक्छ। यस्तो अवस्थामा, माछा बासी वा ताजा भनेर चिन्न निकै महत्त्वपूर्ण हुन्छ। आज हामी, ताजा र बासी माछाको  विषयमा चर्चा गर्नेछौ, जसको सहायताले तपाईहरुले सजिलै ताजा र बासी माछा चिन्न सक्नुहुनेछ।

१. ईएनटी परीक्षण (ENT Test) गर्नुहोस्

  • माछाको आँखा

माछाको आँखामा हेरेर सजिलै ताजा वा बासी भनेर थाहा पाउन सकिन्छ। माछा खरीद गर्दा, माछाको आँखा चम्किलो र सफा छ कि छैन भनेर जहिले याद गर्नुहोला। यदि माछाको आँखा चम्किलो र सफा छ भने, त्यो ताजा माछा हुन्छ। यदि माछाको आँखा रातो वा सेतो छ भने, त्यो बासी माछा हो।

  • माछाको पेट

यदि माछाको पेट थिच्दा, पेट फुलेको जस्तो दखिन्छ भने, त्यो धेरै दिन पुरानो माछा हो भनेर बुझ्नुहोस्।

  • गिल्स

यदि माछाको गिल्स चम्किलो रातो छ भने ती ताजा भनेर बुझ्नु पर्छ। यदि माछाको गिल्स गाढा रातो वा कालो छ भने, ती माछा बासी हो भनेर बुझ्नु पर्छ।

२. थिचेर हेर्नुहोस्

ताजा माछा गलेको र चिप्लो हुने गर्दछ। त्यसैले यदि माछा तपाईको हातबाट चिप्लन्छ, भने माछा ताजा हो भनेर बुझ्नुहोस्। साथै, यदि माछालाई थिच्दा भित्र जादैन र साह्रो हुन्छ भने, माछा ताजा हो भनेर बुझ्नुहोस्।

३. सुघेर हेर्नुहोस्

ताजा माछाबाट धेरै गन्ध आउदैन। यदि माछाबाट नराम्रो गन्ध आइरहेको छ भने, बुझ्नुहोस् कि त्यो माछा बासी हो।

 

प्रकाशित : बुधबार, चैत ०५, २०७६१४:३८

३० वर्षको उमेर पछि महिलाहरुले अनिवार्य रूपमा यी ७ परिक्षण गराएको राम्रो !