बेललाई अर्काे सिजनमा रियलले कुनैपनि हालतमा नराख्ने !

एजेन्सी – स्पेनिस महराथी रियल म्याड्रिडले आउदो समर सिजनमा आफ्ना वेल्सका स्टार फरवार्ड ग्यारेथ बेललाई नराख्ने भएको छ । बेललाई यो सिजन स्थानान्तरण गर्ने नै रियलको लक्ष्य रहेको क्लबले जनाएको छ ।

रियलमा बेलको सम्झौता अझै दुई वर्ष बाँकी रहेको छ । रियलका प्रशिक्षक जिनेदिन जिदान र ग्यारेथ बेलबीचको सम्वन्ध राम्रो हुन सकेको छैन । त्यसैले पनि रियल बेललाई यो सिजनमा बेच्ने मनासयमा रहेको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

वेल्सम्यान बेलले रियलमा लेजेन्ड क्रिस्टियानो रोनाल्डो नरहँदाको परिपुर्ति गर्न सकेका छैनन् । रोनाल्डो २०१८ मा रियल छाड्दै इटालियन क्लब युभेन्टस पुगेका थिए । तर, रोनाल्डो नहुँदा बेलले मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसकेको क्लबको बुझाइ छ ।

खराब प्रदर्शनसँगै रियरलमा पहिलो रोजाईमा मौका नपाएपनि बेल चिनिया क्लबमा जाने योजना बनाएको थियो । तर, रियलले बेलको प्रस्तावलाई नकार्दै क्लबमै राखेको थियो ।

बेलले सेप्टेम्बर यता स्पेनिस ला लिगामा गोल गर्न सकेका छैनन् । उनले यसबीचमा जम्मा तीपटक मात्रै मौका पाएका छन् । केही खेलमा ३० वर्षे बेललाई पहिलो रोजाईमा मौका दिएपनि उनले प्रशिक्षक जिदानको मन जित्न सकेका छैनन् ।

प्रकाशित : बुधबार, चैत ०५, २०७६०९:५७

“रोनाल्डोभन्दा पनि उत्कृष्ट मेस्सी एकै खेलमा ५ गोल गर्न सक्छन्, रोक्न फल हान्नुको विकल्प थिएन”