वर्षको अन्तिम महिना चैत्रमा यी कार्यहरू गर्न हुँदैन !

धार्मिक रुपमा चैत्र महिनालाई अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यो महिनामा वसन्तको अन्त्य र गर्मीको सुरु हुने गर्दछ। यो महिना चित्र नक्षत्रसँग सम्बन्धित छ, त्यसैले यसलाई चैत्र पनि भनिन्छ। चैत्र विक्रम संवत पात्रोको अन्तिम महिना हो, त्यसैले यस महिनामा विशेष कुराहरुको ध्यान दिनु निकै महत्त्वपूर्ण मानिन्छ। आउनुहोस्, चैत्र महिनामा के-के कुराबाट जोगिनु पर्छ भन्ने बिषयमा चर्चा गरौँ।

यस प्रकारको खानाबाट टाढै रहनुहोला 

 वास्त्रु शास्त्रका अनुसार, यस महिनाको अवधिमा मासु खानु हुँदैन। साथै रक्सीबाट पनि टाढै रहनुहोला।

अन्न खान कम गर्नुहोला 

यो महिनामा बर्षको अन्तिम नवरात्रि पनि पर्दछ। मातालाई समर्पित यी नौ दिनको तयारीका लागि, अन्न खान बिस्तारै कम गर्नुपर्ने हुन्छ।

सखर नखानुहोला 

वास्तु शास्त्रका अनुसार, चैत्र महिनामा सखरको सेवन गर्नु हुदैन। यस महिनामा, सखरबाट बनेका चीजहरू पनि खानु हुँदैन।

छालाका सामग्रीको प्रयोग नगर्नुहोला

चैत्र महिनामा, छालाबाट बनेको सामग्रीको प्रयोगबाट टाढै रहनु पर्छ। यदि सम्भव छ भने, यस महिना छालाका बेल्ट, जुत्ता र पर्स जस्ता चीजहरूको पनि प्रयोग नगर्नुहोला।

चनाको सेवन

वास्तु शास्त्रका अनुसार, चैत्र महिनामा चना खानु निकै राम्रो र शुभ मानिन्छ। यसले स्वास्थ्यलाई पनि निकै फाइदा पुर्‍याउँदछ।

पानी

चैत्र महिनामा मौसम तातो हुन थाल्छ। यस्तो अवस्थामा शरीरलाई हाइड्रेट राख्नका लागि बढी मात्रामा पानी पिउने सल्लाह दिइन्छ।

भगवान सूर्यलाई पानी चढाउनुहोला 

यस महिना, भगवान सूर्यलाई तामाको भाँडोबाट पानी चढाउनुपर्दछ। यसले क्रोध र चिडचिडापनको समस्याबाट मुक्ति मिल्ने विश्वास गरिन्छ। साथै, नुनको प्रयोग कम गर्नुहोला।

पैसाको अभाव भएमा यसो गर्नुहोस् 

यदि  पैसाको अभावले सताइरहेको छ भने, आफ्नो आर्थिक अवस्था सुधार गर्न, चैत्र महीनाभर लक्ष्मी मातालाई शुद्ध गुलाबको जल वा रातो गुलाबको फूल चढाउनु होला। यस महिना सूर्य देव र लक्ष्मी माताको पूजा गर्नु निकै लाभदायक मानिन्छ।

प्रकाशित : बुधबार, चैत ०५, २०७६१४:३७

अरुको कुरामा धेरैनै चासो राख्छन् यी राशि हुनेहरु !