“अन्तराष्ट्रिय बजारमा ह्वातै घटेपनि पेट्रोलियम पदार्थको मूल्य थोरै घटाएर सरकारले जनता ठग्यो”

काठमाडौँ – समाजवादी पार्टी, नेवाः राष्ट्रिय समितिले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ । विश्वव्यापी मन्दीको कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावाट आएपनि नेपालमा न्यून मूल्य मात्र घटाइएको विषयलाई लिएर नेवाः राष्ट्रिय समितिले निगमलाई दबाब दिन ज्ञापनपत्र बुझाएको हो।

निगमले चैत्र ३ गते मूल्य समायोजन गर्दै समायोजन पछि १ लिटर पेट्रोलको मूल्य २ रुपैयाँलेले घटाएको थियो । तर अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेता पनि सो अनुरुप मूल्य नघटाएर सरकारले जनतामाथि शोषण गरिरहेको नेवाः राष्ट्रिय समितिको आरोप छ।

नयाँ मूल्य समायोजन अनुरुप निगमको मासिक नाफा १ अर्बभन्दा बढी हुन आउने पनि समितिले दावी गरेको छ। पेट्रोलियम पदार्थको मूल्यको प्रभाव बजारमा प्रत्यक्ष पर्ने हुँदा धेरै नाफा लिएर निगमले महंगी बढाउने काम गरेको पनि समितिको आरोप छ।

प्रकाशित : बुधबार, चैत ०५, २०७६१५:२०

अध्यक्ष रावल माथिमाथि लठ्ठी प्र’हार!