कोरोना भाइरसको त्रास अहिले विश्वभर फैलिएको छ । दैनिक हजारौँको संख्यामा यस भाइरसको संक्रमित बढिरहेका छन् । अहिले सम्म लगभग आठ हजार मानिसले कोरोना भाइरसको कारण ज्यान गुमाई सकेका छन् । धेरै देशहरुमा त मानिसहरु घरबाट बाहिरै निस्केका छैनन्। यस्तोमा, सामाजिक संजालमा अहिले एक तस्बिर निकै भाइरल भइरहेको छ । त्यो तस्बिर एक बाबु-छोराको हो । तस्बिरमा देख्न सकिन्छ कि एक जना वृद्ध मानिस कोठामा कैद गरिएको अवस्थामा छन् र उनका छोरा कोठा बाहिरबाट उनीसँग मोबाईलबाट कुरा गरिरहेको छन्।
https://www.facebook.com/photo.php?fbid=10216072856636542&set=a.1086116875487&type=3
यो तस्बिर स्याण्डी ह्यामिल्टन (Sandy Hamilton) नामक व्यक्तिले फेसबुकमा साझा गरेका छन् । उनले तस्वीर साझा गर्दै भने कि वृद्ध बुवाले कोरोना भाइरसबाट बच्नको लागि आफैँ आफ्नै घरमा बन्दी बनेर बसेका छन् । उनका छोरा ह्यामिल्टन दैनिक उनलाई भेट्न आउँछन् र उनीहरु एक अर्कालाई देख्ने गरि सिसाको झ्याल वारपार बस्छन् र मोबाईलबाट एक अर्कासँग कुरा गर्छन्।
In Seville, Spain, residents of an entire apartment complex couldn't leave their homes due to the quarantine.
So a fitness instructor went up to a rooftop and held a workout class.
Neighbors joined in from their windows and balconies.pic.twitter.com/Ez0iF7vwf3
— Muhammad Lila (@MuhammadLila) March 15, 2020
यस्तै, अहिले सामाजिक संजालमा एक भिडियो पनि निकै भाइरल भइरहेको छ । यो भिडियो स्पेनको सेभिला भन्ने ठाउँको एक कोलोनीको हो। त्यहाँ पनि कोरोनाको डरले सबै घरका मानिसले आफ्नै घरभित्र बन्दी बनेर बसेका छन् । यस भिडियोमा एक जिम प्रशिक्षक बहिर छतबाट सबैलाइ कसरत गराई रहेका छन् । त्यस्तै, कोलोनीका सबै मानिस आफ्नो आफ्नो कौसीमा आएर प्रशिक्षकको सल्लाह अनुसार कसरत गरिरहेका छन् ।