भोलि चैत्र ६ गते बिहिबार, तपाईको दिन कस्तो रहला? हेर्नुहोस् दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाई घरको कुराप्रति ध्यान दिनुहुनेछ  । परिवारसँग बसेर  महत्त्वपूर्ण चर्चा गर्नुहुनेछ तथा घरको सजावट गर्नुहुनेछ। आफ्नो कार्यमा सन्तोष अनुभव हुनेछ  । आमासँग सम्बन्ध राम्रो रहनेछ । निरुत्साही नहुनुहोला ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

विदेश  स्थित प्रेमी तथा मित्रको समाचारले तपाईलाई आनन्द प्रदान गर्नेछ । विदेश जान इच्छुक व्यक्तिले शुभ समाचार पाउनेछन् । धार्मिक स्थलको यात्राबाट तपाईको मन प्रफुल्लित हुनेछ । कार्यालय वा  व्यापारको स्थलमा  कार्यभार अधिक रहनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

निषेधात्मक विचारबाट टाढा रहनुहोला । नयाँ कार्यको प्रारम्भ तथा रोगोपचार गर्नुहुनेछ । क्रोधको भावनालाई ध्यान राख्नुहोला । खर्च अधिक हुनेछ । धनको संकटको अनुभव हुनेछ । निषेधात्मक विचारबाट टाढा रहनुहोला । आध्यात्मिकता र ईश्वरको  प्रार्थनाबाट  राहत मिल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

वैभवी जीवनशैली तथा मनोरन्जक प्रवृत्तिले तपाईलाई आनन्दित गर्नेछ । व्यावसायिक क्षेत्रमा लाभ मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । मान-प्रतिष्ठा  वृद्धि हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको दिन मध्यम फलदायी रहेको छ। पारिवारिक सदस्यसँग बोलीमा ध्यान राख्नुहोला । कार्य सम्पन्न हुनमा मदत्त मिल्नेछ  । अधिक परिश्रमपछि फल प्राप्त नहुनाले निराश रहनुहुनेछ । आमाको चिन्ता रहनेछ ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

कुनै पनि खालको कलह र चर्चाबाट टाढा  रहनुहोला । आकस्मिक खर्च होला । विधार्थीको पढाईमा बाधा आउनेछ । प्रियजनसँग भएको भेटले मन आनन्दित रहनेछ । पेट सम्बन्धित पीडा हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मनमा  संवेदनशीलताको  मात्रा अधिक रहनेछ । शारीरिक स्फूर्तिको अभाव रहनेछ। मानसिक व्यग्रता पनि रहनेछ । धन र कीर्तिको  हानि हुनेछ । आमाको स्वास्थ्यको चिन्ता रहनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

नयाँ कार्यको प्रारम्भको लागि दिन शुभ रहेको छ । दिनभर चित्तको  प्रसन्नता बनिरहनेछ । आर्थिक लाभ तथा भाग्यवृद्दिको योग रहेको छ । छोटो यात्राको आयोजन गर्नुहुनेछ। मित्रसँग भेट हुनाले मन प्रफुल्लित हुनेछ । कार्य सफलता  मिल्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

तपाईको  दिन मिश्र फलदायी रहेको छ । मनमा  व्यग्रता रहनेछ  । परिवारसँग  मनमुटाव नहोस यस कुराको ध्यान राख्नुहोला । कार्यमा  अपेक्षित सफलता नमिल्नाले निराशा रहनेछ । कार्यभार बढ्न सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

धार्मिक रुपबाट  पूजनविधिे गर्नुहुनेछ। पारिवारिक वातावरण मंगलमय रहनेछ । मित्र, प्रेमीबाट उपहार प्राप्त गर्नुहुनेछ । व्यावसायिक र व्यापारको  स्थानमा प्रभाव रहनेछ । कार्य  सरलतासँग पूर्ण हुनेछ । अनुकूल स्थितिको लाभ लिनुहुनेछ। मानसिकरुपबाट शान्ति रहनेछ । शारीरिक कष्टबाट टाढा रहनुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक र मानसिक रुपबाट  अस्वस्थता रहनेछ । परिवारसँग झगडा होला । पैसाको लेनदेन वा लगानी गर्नुहुनेछ  । कसैको भलाई सोच्दा आफ्नो हानि हुनेछ । बोलि र क्रोधमा विशेष ध्यान दिनुहोला ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

आकस्मिक धनलाभ होला । सन्तानको विषयमा शुभ समाचार प्राप्त गर्नुहुनेछ । नयाँ मित्रसँग सम्पर्क हुनेछ । सामाजिक प्रसंगको लागि कतै बाहिर जानुहुनेछ। व्यवसायिक क्षेत्रमा  आर्थिकरुपबाट  लाभ हुनेछ । कुनै  रमणीय स्थलमा यात्रा गर्नुहुनेछ ।

प्रकाशित : बुधबार, चैत ०५, २०७६१४:५३

आज चैत्र ६ गते बिहिबार, तपाईको दिन कस्तो रहला? हेर्नुहोस् दैनिक राशिफल!