सवारीमा सीमित यात्रु मात्र चढाउन पाउने, रेस्टुरेन्ट तथा सपिङ मललाई यस्तो आग्रह!

सार्वजनिक सवारी साधनमा अब सीमित यात्रुमात्र चढाउन पाउने भएका छन् । सिट क्षमता भन्दा बढी यात्रु बोक्न नपाइने नियम लागु गरेको छ । सार्वजनिक सवारीसाधनहरूमा सिट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय समितिले गरेको अर्थ एंव सूचना तथा संचारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

समितिले भिडभाडमा सकेसम्म नजान आग्रह गरेको छ । कोरोना सर्न सक्ने आशंकामा सबै सर्वसाधारण नागरिकहरूलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध गर्ने र त्यसको अनुगमन नेपाल प्रहरीले गर्ने भएको छ । यसैगरी सार्वजनिक यातायातका सवारी धनीलाई यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई ‘डिसेनीफ्याक्सन’ गर्न लगाउने र यसको अनुगमन यातायात व्यवस्था विभाग र नेपाल प्रहरीले गर्नेछन् ।

भ्रम फैलाए कारबाही
सरकारले कोरोनाबारे अफवाह फैलाउनेलाई कडा कारबाही गर्ने भएको छ । कोरोना संक्रमणको विषयलाई लिएका सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा भ्रम सिर्जना हुने खालका गलत सूचनाहरू दिए सरकारले कारबाही गर्ने जनाएको छ । निर्णयको १५ नम्बर बुँदामा भनिएको छ,‘सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुने गरी कुनै पनि सञ्चार माध्यम(सामाजिक सञ्जाल समेत)बाट गलत अभिव्यक्ति दिएमा विद्यमान कानुनबमोजिम कडा कारबाही गरिने छ ।’

सरसफाइ अनिवार्य
बैठकले होटल, रेस्टुरेन्ट तथा सपिङ मलको सञ्चालकलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गर्न अनिवार्य गरेको छ । टेबल, कुर्सी, बार-रेलिङ र शौचालय आदि स्थानमा नियमित रूपमा डिसइन्फेक्सन गर्न पनि भनिएको छ । साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरूमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने पनि निर्णय भएको छ । आजको सौर्य दैनिकमा खबर छ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६०३:२९

लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटेर नक्सा प्रकाशित गर्न कसले रोक्यो ?