क्वारेन्टाइनमा राखिएका व्यक्तिले अस्पतालको सातौं तलाबाट हाम्फाले!

दिल्लीस्थित सफदरगञ्ज अस्पतालमा कोरोनाभाइस (कोभिड–१९) को आशंका गरिएका एक बिरामीले आ-त्मह-त्या गरेका छन् । प्रहरीका अनुसार, उक्त ३५ वर्षीय व्यक्तिले बुधवार राति अस्पतालको सातौं तलाबाट हाम्फालेका हो।

पञ्जावको शहीद भगत सिंह नगर जिल्लाका उक्त व्यक्ति एक वर्षदेखि सिड्नीमा बस्दै आएका थिए। अस्ट्रेलियाको सिड्नीबाट फर्किएका उक्त व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको थियो।

भारतीय मिडियाका अनुसार, क्वारेन्टाइनमा राखिएकै क्रममा अस्पतालको सातौं तलाबाट हामफालेर आ-त्मह-त्या गरेको हो।

भारतीय अंग्रेजी अखबार हिन्दूस्तान टाइम्सले अस्पतालको एक कर्मचारी कुरा गर्ने क्रममा, कोरोना भाइरसको परीक्षणका लागि ती व्यक्तिको नमूना परीक्षणका लागि पठाइएको, तर नतिजा भने अहिलेसम्म नआएको खुलासा भएको छ।

प्रहरीले उनको उनको परिवारजनलाई आ-त्मह-त्याबारे सूचित गरिएको छ भने पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६०५:२९

कोरोना संक्रमणबाट इटालीमा एकै दिन ४७५ को ज्यान गयो !