कोरोन भाइरस: इटालीमा ज्यान गुमाउने अधिकांश वृद्ध र दीर्घ रोगी !

एजेन्सी – इटालीमा अहिले कोरोना भाइरसले हाहाकार मच्चाई रहेको छ । त्यहाँ अहिलेसम्म ३५ हजार ७ सय १३ जना मानिसमा कोरोनाको संक्रमण देखा परेको छ । त्यस्तै, २ हजार ९ सय ७८ जनाले ज्यान गुमइसकेका छन् । यस्तै, इटालीको सिभिल प्रोटेक्सन एजेन्सीले जानाए अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४७५ जनाको ज्यान गएको छ । त्यस्तै, थप चार हजार २ सय ७ जनामा यस भाइरसको  संक्रमण देखिएको  । इटालीमा कोरोना संक्रमण भएका मानिस मध्य ८ प्रतिशत भन्दा बढिको ज्यान गएको छ । जुन विश्वको औसत मृत्युदर भन्दा दोब्बर हो ।

एक अध्ययनले कोरोनाका कारण ज्यान गुमाउँने प्राय: मानिसलाई पहिलाबाटनै कुनै न कुनै रोगको संक्रमण रहेको जनाएको छ । इटालीको राष्ट्रिय स्वास्थ प्राधिकरणले गरेको एक अध्ययनका अनुसार ज्यान गएका ९९ प्रतिशत मानिस बुढेसकालमा रहेको वा अरु कुनै रोग रहेको थियो । उक्त अध्ययनमा इटालीमा कोरोना संक्रमणको कारण ज्यान गुमाउँने मानिस मध्ये १८ प्रतिशत मानिसको स्वास्थ अवस्था उल्लेख गरिएको छ । उनीहरूमध्ये ७५ प्रतिशतलाई उच्च रक्तचाप , ३५ प्रतिशतलाई मधुमेह र अरूलाई मुटुसम्बन्धी रोग थियो।

इटालीमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउँनेहरुको औसत उमेर ७९.५ रहेको छ । यस्तै हालसम्म संक्रमित जो ४० वर्ष भन्द मुनीका छन् ,उनिहरुलैअ पहिलेनै कुनै न कुनै बिमारी भएको जनाइएको छ ।

यस्तै, चीनमा भने अहिले कोरोना भाइरसको संक्रमितको संख्यामा निकै कमी आएको छ । त्यहाँ अहिले कोरोना भाइरसबाट ज्यान जानेको संख्या दैनिक २० भन्दा कम छ । बुधबार चीनमा  ८ जनाको मात्र ज्यान गएको छ भने ३४ जनामा यसको संक्रमण फेला परेको छ । अहिलेसम्म चीनमा ३ हजार २ सय ४५ जनको ज्यान गइसकेको छ ।

त्यस्तै बिहीबारसम्मको तथ्यांकको अनुसार कोरोना भाइरसको संक्रमणबाट इरानमा ११३५ , स्पेनमा ६३८, फ्रान्समा २६४, अमेरिकामा १५५, बेलायतमा १०४, दक्षिण कोरियामा ९१, नेदरल्यान्ड्समा ५८, जापानमा ३२, जर्मनीमा २८, इन्डोनेसियामा १९ र फिलिपिन्समा १७ जनाको ज्यान   गएको छ ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६०६:०९

कोरोना त्रास: काठमाडौँबाट बाहिरिने क्रम ह्वातै बढ्यो, एकै दिन ९० हजार भन्दा बढी बाहिरिए !