रात्रि बसमा छड्के चेकजाँच गर्दा, भारत लैजाँदै गरेको ६ बोरा मास्‍क बरामद

??

कोरोना भाइरसको त्रास बढिरहेका बेला नेपालबाट अवैध ढंगले ६ बोरा मास्क भारतर्फ लैजाँदै गरेको अवस्थामा पर्सा प्रहरीले दुईजनालाई पक्राउ गरेका छन्। पर्सा प्रहरीले उक्त दुई व्यक्तिलाई पर्सा जिल्लाको पोखरियाबाट ६ बोरा मास्कसहित पक्राउ गरेका हुन्।

नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको बताइरहँदा बजारमा माक्सलगायत दैनिक उपभोग्य सामानको कृत्रिम अभावसमेत सिर्जना हुन थालेको छ। यस्तो अवस्थामा, उनीहरुले गलत ढंगले मास्‍क भारत लान थालेको समयमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले अनुसार, आरोपीले काठमाडौंबाट रात्रि बसमा ल्याउँदै गरेको समयमा बसमा नै छड्के चेकजाँच गरी नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै आरोपी, पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ घर भएका हुन्। जसमध्ये ३८ वर्षीय सुलिन जैसवाल र २६ वर्षीय अजय महतो कोइरी रहेका छन्।

६ वटा बोरामा २० हजार पिस मास्क भएको प्रहरीको अनुमान छ। प्रहरी उपरीक्षक पन्तका अनुसार, आरोपीहरूलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ।

यसै गरि, नेपाल बजारमा मास्कको अभाव हुन थालेपछि जिल्ला प्रहरी कार्यालय सिरहाले आफै मास्क उत्पादन गर्न सुरु गरिरहेका छन् । सिरहा प्रहरी प्रमुख एसपी चतुर्वेदीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्वसावधानी अपनाउनसमेत आग्रह गरेको छ । कोरोनाको सन्त्रास बढेको भन्दै एसपी चतुर्वेदीले मातहतका कर्मचारी, स्थानीयवासी र थुनुवालाई समेत माक्स वितरण गरेको हो ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६०७:१६

कोरोनाको सन्त्रासले भारतबाट धमाधम घर फर्कंदै नेपाली !