आज शुक्रबारको दिन महालक्ष्मीको कृपा पाउन अपनाउनुहोस् यस्ता उपाय !

हुन त हप्ताका सबै दिनहरू भगवानको पूजा गर्नका लागि शुभ मानिन्छ तर शुक्रबार देवी लक्ष्मीको पूजाका लागि निकै शुभ मानिन्छ । भक्तहरूको साँचो भक्तिले  लक्ष्मी प्रशन्न रहन्छिन् र उनको कृपा भक्तहरुमा सधैँ रही रहन्छ। धनकि देवी लक्ष्मीलाई खुशी पार्दा धेरै समस्याहरूबाट मुक्त पाउँन सकिन्छ । लक्ष्मीलाई साँचो हृदयले सम्झेर कुमकुम, अक्षता,फूलहरू महलक्ष्मीको मूर्ति वा चित्रमा  बिहान र साँझ धूप चढाएर, विश्वास र पवित्र आत्माको साथ अर्पण गर्नुपर्छ। र यस कुराको पनि विशेष ध्यान राख्नुपर्दछ कि कुनै पनि अवस्थामा धन लक्ष्मीका उपासकले महिलाको अनादर गर्नु हुँदैन।

धनकि देवी लक्ष्मीको यो मन्त्र (क्षीरदैय धनन्दाय बुद्धदायै नमो नाम: यशोदाय कीर्तिदाई धर्मदयाई नमो नमः) सम्पन्नता र वैभवको सबै चाहनाहरू पूरा हुन्छ भन्ने आस्थाका साथ जप गरिन्छ। यदि सम्भव छ भने लक्ष्मीको पूजाका लागि  सादा र सफा सेतो लुगा लगाउनु पर्छ। लक्ष्मीको पूजा गर्नु अघि शुद्धताको विशेष ख्याल राख्नुपर्छ।

शुक्रबारको दिन , पाँच पहेंलो कौडाहरू र केही केशर र एउटा चाँदीको सिक्का पहेँलो कपडामा राखेर त्यसलाई आफ्नो  पैसा र गहनाहरू राख्ने ठाउँमा राख्यो भने केहि दिनमा धनलाभ मिल्न सक्छ ।

धन लक्ष्मीलाई सेतो व्यंजनहरू जस्तै चामलको खीर र सकेसम्म दुधका व्यंजनहरू अर्पण गर्नुपर्छ । घरको ज्येष्ठ महिला, आमा वा घरको लक्ष्मीलाई सम्मान स्वोरुप सबैभन्दा पहिले उनीहरुलाई लक्ष्मीको प्रसाद दिएपछि अरुले ग्रहण गर्नु पर्छ ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६१३:३९

नयाँ वर्ष २०७७: सूर्यले शुरु गर्यो नयाँ राशिचक्र, यी राशिलाई लाभै-लाभ !