पार्किङ गरी राखिएको बसमा आगजनी

तस्वीर : दाङखबर

दाङ – दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरी राखिएको बसमा आगजनी गरिएको छ ।

तीन महिनादेखि पार्किङ गरी राखिएको बसमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका–५ निवासी सुमन कार्कीको ना४ख ७१८८ नंको बसमा आगलागी भएको प्रहरीले बताएको छ । बुधबार राति सवा ११ बजेतिर अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पालले बताए ।

आगलागीबाट गाडीको ‘बडी’ जलेर नष्ट भएको छ । गाडीमा भएको आगजनीलाई प्रहरीले बुधबार राति पौने १२ बजे नियन्त्रणमा लिएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६०९:५८

कोरोना भाइरस जोखिम: भारतीय नागरिकलाई रोक्ने विषयमा छलफल भयो, निर्णय भएन !