राशि अनुसार चुन्नुहोस् यस्तो पेशा, कदम-कदममा मिल्नेछ सफलता !

हामी मध्ये धेरै  मानिस आफ्नो क्यारियर छनौट गर्न गल्ती गर्छौं र पछि हामीले यसको परिणाम आफैँ भोग्नुपर्छ। यस्तोमा,सफलता प्राप्त भएन भने हामी कि त क्यारियर बीचमै छोड्छौं वा आफ्नो भाग्यलाई दोष दिन्छौँ। ज्योतिष विज्ञानकला अनुसार  हामीले हाम्रो जन्म चिन्ह अनुसार  पेशा वा व्यवसाय रोज्नु पर्छ। यसो गर्दा हामीले त्यस क्षेत्रमा अपार सफलता प्राप्त गर्न सकिन्छ।

हाम्रो राशि चिन्हले हाम्रो रुचि, बौद्धिक प्रतिभा र वास्तविक क्षमता दर्शाउँछ। यस्तो अवस्थामा आफ्नो रुचि र प्रतिभा अनुसार काम प्राप्त गर्दा  त्यसमा बढी सफलता प्राप्त गर्न सकिन्छ। त्यसकारण, जहिले पनि आफ्नो राशि चिन्ह अनुसार क्यारियर छनौट गर्नुपर्छ।

मेष राशि 

मेष राशि हुने व्यक्तिमा मंगल ग्रहको प्रभाव पर्छ । मंगल ग्रह भूमि, सेना, खेलकुद, साहसिक कार्य, ईन्जिनियर आदि को कारक हो। यस्तो अवस्थामा, मेष राशिका व्यक्तिहरूले मंगल सम्बन्धित काममा आफ्नो क्यारियर अगाडी बढाउँन सक्यो भने राम्रो हुन्छ ।

वृष राशि 

शुक्र ग्रह वृष राशिको स्वामी हो। शुक्र ग्रह कला, सौन्दर्य, नृत्य, संगीत, अभिनय, लेखन आदि को  कारक हो।  त्यसैले, वृष राशि भएका व्यक्तिहरुले  शुक्र ग्रहसँग सम्बन्धित व्यवसायमा सफलता पाउँने देखिन्छ ।

मिथुन राशि 

मिथुन राशी भएका व्यक्ति गणित, बैंक, तार्किक विषय, लेखन, सञ्चार, मिडिया, सञ्चार आदिमा क्षत्रमा सफल हुने सम्भावना बढी हुन्छ । वास्तवमा,  मिथुन राशिको जातकमा  बुध ग्रहको कृपा हुन्छ ।

कर्कट राशि  

चन्द्रमालाई कर्कट राशिको स्वामी मानिन्छ  र चन्द्रमा पानी र तरल पदार्थको  कारक हो। यस्तोमा, कर्कट राशि हुने व्यक्तिहरूले पानी र तरल पदार्थ (पेय पदार्थ, समुन्द्री जहाज, माछा मार्ने) सम्बन्धि व्यवसाय वा रोजगारीमा सफलता पाउँन सक्छन् ।

सिंह राशि 

सिंह राशि भएका व्यक्तिहरुमा नेतृत्व क्षमताको गुण  स्वाभाविक रूपमा विकास हुन्छ। किनभने यिनीहरुमा सूर्यले  प्रभाव हुन्छ र सूर्य ग्रह नेता, राजा, प्रशासनिक अधिकारी, सरकारी सेवाका उच्च अधिकारी इत्यादिको कारक हो। सिंह राशिका व्यक्तिहरूले राजनीति, सरकारी रोजगार, औषधि, शेयर बजार, कपडा, कपास, स्टेशनरी र फलफूलका क्षेत्रहरूमा ठूलो सफलता पाउँने देखिन्छ ।

कन्या राशि 

यस राशी भएका व्यक्तिहरुले गणित, बैंकिंग, तार्किक विषयहरु, लेखन, संचार, मिडिया आदि क्षेत्रमा सफलता प्राप्त गर्ने सम्भावना बढी हुन्छ  । कन्या राशि भयका व्यक्तिहरुमा  बुध ग्रहको  प्रभाव हुन्छ।

तुला राशि 

तुला राशि  भएका व्यक्तिहरुमा शुक्र ग्रहको प्रभाव हुन्छ। ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई कला, सौन्दर्य, नृत्य, संगीत, अभिनय, लेखन आदि को  कारक मानिन्छ। त्यसकारण, यस राशिका व्यक्तिहरूले शुक्र ग्रहसँग सम्बन्धित पेशामा सफलता पाउँने देखिन्छ ।

वृश्चिक राशि

वृश्चिक राशि मंगल ग्रहको स्वामित्वमा हुन्छ र मंगल ग्रह भूमि, सेना, खेल, साहस, ईन्जिनियर आदि को कारक हो। त्यसैले, वृश्चिक राशि  भएका व्यक्तिहरुले यी क्षेत्रहरूमा क्यारियर बनाउँनु राम्रो हुन्छ ।

धनु राशि 

धनु राशिका व्यक्तिहरु ज्ञानी हुन्छन्। किनभने धनु राशिमा बृहस्पतिको स्वामीत्व हुन्छ। यस राशिका व्यक्तिहरूलाई ज्ञान र शिक्षासँग सम्बन्धित कार्यहरूमा ठूलो सफलता पाउँन सक्छन् । त्यस्तै, लेखन, सम्पादन, शिक्षण, अन्न, दलाली, शेयर, माछा, आयोग, आयात निर्यात  जस्ता क्षेत्रमा ठूलो सफलता प्राप्त हुने देखिन्छ ।

मकर राशि 

शनि ग्रहलाई मकर राशिको स्वामी मानिन्छ । मकर राशिका व्यक्तिहरुले व्यवस्थापन, बीमा विभाग, बिजुली, आयोग, मेसिनरी, ठेकेदारी, सट्टा, आयात-निर्यात, रेडिमेड कपडा, राजनैतिक, खेलौना, खनन, वन उत्पादन, बागवानी आदिमा राम्रो सफलता पाउँन सक्छन् ।

कुम्भ राशि 

कुम्भ राशिका व्यक्तिहरूमा शनि ग्रहले प्रभाव पर्छ। उनीहरु फुर्सदको साथ काम गर्न मनपराउँछन्। यस राशिका व्यक्तिहरू अनुसन्धान कार्य, शिक्षण कार्य, ज्योतिष, प्राकृतिक, चिकित्सा, दार्शनिक, कम्प्युटर, हवाइजहाज, मेकानिक, बीमा, करार, आदि क्षेत्रमा सफलता पाउँने सम्भावना  बढी हुन्छ ।

मीन राशि

मीनका स्वामी बृहस्पति ग्रह हो।त्यसैले, मीन राशि भएका व्यक्तिहरूले गैरसरकारी संस्था, शिक्षण, लेखन, सम्पादक, शिक्षा विभाग, कानून, वकालत , क्लर्क, प्रचारक, स्वतन्त्रता लडाकू, दार्शनिक, धार्मिक सुधारक, प्रकाशन जस्ता पेशाहरूमा बढी सफल हुन सक्छन् ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६१३:३६

आज शुक्रबारको दिन महालक्ष्मीको कृपा पाउन अपनाउनुहोस् यस्ता उपाय !