यहि महिना सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहले गर्दैछ उथलपुथल, यी राशि हुनेछन् भाग्यमानी !

सौर्यमण्डलमा सबै भन्दा ठूलो ग्रह बृहस्पति हो। ज्योतिषशास्त्रमा यस ग्रहलाई ज्ञान, सत्कर्मको कारक ग्रहको रुपमा चित्रण गरिएको छ। यता हिन्दु धर्म शास्त्रमा भने बृहस्पतिलाई देव देवताहरूको गुरुको रुपमा चित्रण गरिएको छ।

यहि ठूलो ग्रह बृहस्पतिले चैत्र १७ गते राशि परिवर्तन गर्दैछ। त्यस दिन बृहस्पतिको मकर राशिमा प्रवेश गर्नेछ। बृहस्पतिको उक्त राशि परिवर्तनले विभिन्न राशिहरुलाई असर पर्नेछ। जसमध्ये केहिलाई शुभ लाभ मिल्नेछ भने केहिलाई अशुभ। बृहस्पतिको राशि परिवर्तनले राशि अनुसार मिल्ने लाभ निम्न छ।

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

बृहस्पतिको राशि परिवर्तनले मेष राशि हुनेहरुलाई कार्यक्षेत्रमा प्रगति दिलाउनेछ। जागिरमा पदोन्नती मिल्नुका साथै व्यवसायमा सोचेअनुरुपको प्रगति हुनेछ। धर्म र अध्यात्मको क्षेत्रमा लगाव बढेर जाँदा धार्मिक यात्राको अवसर जुर्न सक्ला। यस्तै कलाको क्षेत्रमा पनि उल्लेख्य सफलता मिल्न दिलाउन बृहस्पतिले भूमिका खेल्नेछ।

वृष – इ,उ,ए ,ओ,वा,व,वु,वे,वो (Taurus)

बृहस्पतिको राशि परिवर्तन वृष राशि हुनेहरुका लागि मिश्रित फलदायी रहन सक्ने देखिन्छ। परिवारजनबाट हेरेक कार्यमा साथ मिल्न सक्ने भएता पनि भाग्यले भने खासै साथ दिने देखिँदैन। स्वास्थ्यले पनि खासै साथ नदिन सक्ला। यधपी यात्राको लागि भने समय उत्साहपूर्ण रहनेछ। शिक्षाको क्षेत्रमा बृहस्पति लाभप्रद अवस्थामा रहन सक्ला।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

 

बृहस्पतिकोको शुभ प्रभाव दाम्पत्य जीवनमा रहनेछ। परिवारमा अनेक प्रकारमा खुसियालीका वातावरणको शिर्जना हुनेछन्। खोज अनुसन्धानमा सफलता मिल्न सक्छ। खेलाडीहरुका लागि बृहस्पतिको राशि परिवर्तन लाभप्रद रहन सक्ला। जीवनमा नयाँ व्यक्तिको आगमनले उत्साह जगाउनेछ। वैदेशिक यात्राको अनुभव बटुल्ने मौका पनि मिल्न सक्ला।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

बृहस्पतिको राशि परिवर्तन कर्कट राशि हुनेहरुका लागि खासै लाभप्रद नहुन सक्ला। परिस्थितिवास अलमलिनुपर्दा कार्यसम्पादनमा ढिलाई हुनेछ भने व्यवसायमा पनि समय आफूले सोचेजस्तो नहुन सक्ला। शत्रुहरु सक्रिय रहने हुँदा सतर्क रहनु बुद्धिमानी सावित हुनेछ। स्वास्थ्यमा पनि बृहस्पति राशि परिवर्तनले नकारात्मक प्रभाव पार्न सक्ला।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

सिंह राशि हुनेहरुलाई वृहस्पतिको राशि परिवर्तनले शिक्षाको क्षेत्रमा अनेक प्रकारमा सफलताहरु दिलाउनेछ। कलाकार तथा खेलाडी हरुलाई पनि वृहस्पतिले प्रगति तर्फ अगाडी बढाउन सक्ला। यात्राको अवसर जुर्दा आर्थिक लाभ प्राप्त गर्ने मौका पनि मिल्नेछ। भविष्यका लागि विशेष कामको थालनी गर्ने वातावरण बन्नेछ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

बृहस्पतिको राशि परिवर्तनसँगै कन्या राशि हुनेहरुको जीवनमा आमूल परिवर्तनहरु हुनेछन्। दाम्पत्य जीवनमा रहेका सम्पूर्ण समस्या देखि छुटकारा मिल्नेछ भने परिवारबाट पनि सबै क्षेत्रमा सहयोग प्राप्त हुन थाल्नेछन्। शत्रु समेत मित्रमा परिणत हुनेछ्न्। कलाको उचित सम्मान मिल्दा जाँगर बढेर जानेछ। स्वास्थ्यमा समेत सुधार हुन सक्ला।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

बृहस्पतिको राशि परिवर्तनले नचाहँदा-नचाहँदै यात्रा गराउन सक्छ। यात्राले आर्थिक लाभ मात्र गराउन सक्ला। पारिवारिक कलह बढ्ने हुँदा आफैंले संयमता अपनाउनु होला। व्यवसायमा साझेदारीका लागि समय उचित नहुन सक्ला। सम्बन्धहरु बिग्रिन सक्ने हुँदा वाणीमा नियन्त्र राख्नु पर्ला। झुठा आरोप लाग्न सक्ने हुँदा सतर्क रहनु पर्ला।

वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु  (Scorpio)

धन प्राप्तिमा बृहस्पतीले वृश्चिक राशिहरुलाई साथ दिन सक्ला। व्यवसाय विस्तारका लागि नयाँ श्रोतहरु फेला पर्नेछन्। नयाँ क्षेत्रमा लगानी गर्नका लागि पनि समय उचित हुन सक्ला। स्वास्थ्यमा भने केहि समस्याहरु देखा पर्न सक्लान्। कानुनी रुपमा रहेका समस्याबाट छुटकारा मिलेता पनि गोपनियता बाहिरिँदा समस्या उत्पन्न हुन सक्ला।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

बृहस्पतिको राशि परिवर्तन धनु राशि हुनेहरुका लागि मिश्रित फलदायी रहनेछ। नम्रताका कारण कामहरु बन्नेछन् भने बोलिकै कारण काम बिग्रिन सक्लान्। सकेसम्म टाढाको यात्रा नगरेकै उचित होला। मानसिक रुपमा तनाव बढ्ने देखिन्छ। यधपी आर्थिक रुपमा पनि प्रगति नै प्रगति हुन सक्ला। अध्ययनमा पनि सहज रुपमा सफलता मिल्ने देखिन्छ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

बृहस्पतिको राशि परिवर्तनसँगै खर्च बढेर जाने देखिन्छ। खर्चमा नियन्त्रण राख्न नसक्दा आर्थिक समस्याले सताउनेछन्। ऋण दिन र लिन अशुभ रहन सक्ला। आत्म-विश्वासमा गिरावट आउँदा कार्य असफल हुनेछन्। कुनै पनि निर्णय गर्दा परिवारमा सल्लग गर्नु उचित हुनेछ। प्रेमको मामलामा भने समय राम्रै रहन सक्ला।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

बृहस्पतिको राशि परिवर्तनले आर्थिक पक्ष मजबूत बनाउनेछ। आम्दानीका अनेक ढोका खुल्नेछन्, नयाँ क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ। प्रतियोगिताहरुमा पनि सहज सफलता मिल्न सक्ला। कला क्षेत्रमा रहनुहुनेहरुका लागि बृहस्पतिको राशि परिवर्तन वरदान सावित हुनेछ। धेरै समय देखि नउठेको धन फिर्ता मिल्न सक्ला।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

बृहस्पतिको राशि परिवर्तन मीन राशी हुनेहरुका लागि धेरै लाभप्रद रहन सक्ला। कानुनी रुपमा रहेका समस्या देखि सजिलै छुटकारा मिल्नेछ। प्रेम जीवनले जीवनमा उत्साह जगाउनेछ। धार्मिक कार्यमा हुने संलग्नताले शान्ति तर्फ डोहोर्याउन सक्ला। सरकारी पक्षबाट उचित सम्मान तथा सहयोग प्राप्त हुनेछ। आर्थिक पक्ष सवल हुँदा उर्जा बढेर जानेछ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६१३:१०

यी ४ राशिका हुन्छन् सबै भन्दा धेरै दुश्मन ! कतै तपाई पो पर्नुभयो की ?