सच्चा प्रेम गर्दा मिल्यो धोका : पहिलो प्रेममा असफल भए यी ५ बलिउड नायिका !

एजेन्सी – भन्ने गरिन्छ – जीवनको पहिलो साँचो प्रेम सधैं विशेष हुन्छ। जीवनको पहिलो प्रेम धेरैले भुल्न सक्दैनन्।

पहिलो प्रेम असफलको चर्चा बलिउडमा पनि हुने गर्छ। बलिउडमा पनि पहिलो प्रेम असफल भएका नायिकाहरु छन्। जसमध्ये केहिको त विवाहको कुरा चल्दैगर्दा सम्बन्ध टुटेको थियो।

पहिलो प्रेममा असफल भएका बलिउड नायिकाहरु निम्न छन्।

सोनाली बेन्द्रे

कुनै एक समयमा सोनालीको बलिउडमा धेरै चर्चित थिइन्। उनको सुन्दरताले धेरै कायल हुन्थे। बलिउडमा चर्चा चुलिएका बेला उनको सुनील शेट्टीसँग प्रेम बस्यो। सोनालीको यो पहिलो प्रेम थियो। तर, सुनील शेट्टी विवाहित भएकै कारण यिनको सम्बन्ध धेरै अगाडी बढ्न सकेन।

रानी मुखर्जी

रानी मुखर्जी र गोविंदाले सँगै कयौं हिट चलचित्र दिए। यी दुईको जोडी कुनै एक समयमा धेरैको रोजाईमा पर्थ्यो। धेरै चलचित्रमा सँग-सँगै काम गरेकै कारण यी दुई बीच प्रेम सम्बन्ध पनि थियो। बलिउडमा थाहा हुनआएका रानीका पहिलो प्रेमी गोविंदा थिए। गोविंदा पनि विवाहित रहेको हुँदा सम्बन्ध टुट्यो।

रेखा

रेखा र अमिताभ बच्चन बीच प्रेम सम्बन्ध रहेको धेरै समय देखि बताउँदै आइएको छ। अमिताभकै कारण रेखाले अहिले सम्म विवाह नगरको पनि बताइन्छ। अमिताभले जयासँग विवाह गरेपछि यी दुईको सम्बन्ध टुटेको थियो।

करिश्मा कपूर

९० को दशकमा करिश्मा बलिउडकी सबै भन्दा सफल नायिका मध्ये एक थिइन्। उनले कयौं नायकसँग काम गरिन्। तर, बलिउडमा उनका पहिलो प्रेम अजय देवगन थिए। अजय र करिश्माको प्रेम सम्बन्ध अजयको जिन्दगीमा रवीना टंडन भएपछि टुट्यो।

शिल्पा शेट्टी

अक्षय र शिल्पा शेट्टी बीचको प्रेम सम्बन्ध ९०को दशकमा चर्चाको विषय थियो। त्यस समयमा यी दुईले गुपचुप इन्गेजमेन्ट समेत गरेको बताउने गरिन्छ। शिल्पाको बलिउडमा अक्षय कुमार पहिलो प्रेम थियो। तर, शिल्पा शेट्टीको प्रेम पनि रवीना टंडनकै कारण टुट्यो।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६१३:१४

करिनाले आफ्नो बच्चा बेलाको तस्विर कोरोनासंग गरिन यसरी तुलना!