राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

शुक्रबार दिउँसो १ बजे हुन गइ रहेको बैठक अर्को सूचना नआएसम्म स्थगित गर्ने निर्णय गरिएको छ। राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलका अनुसार, कोरोना भाइरसको संभावित जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउँदै बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो।

सरकार आफैले २५ जनाभन्दा धेरै मानिस भेला नहुन निर्देशन दिएका थिए। यस संगै, सांसदहरुले पनि संसद बैठक पनि रोक्नुपर्ने माग गर्दै आइरहेका थिए।

बिहीबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना नभएसम्म बैठक स्थगन भएको जानकारी दिएका हुन्। प्रदेशसभाको चालू अधिवेशन २०७६ माघ २३ गतेदेखि शुरु भएपछि बिहीबार २२ ‌औं बैठक बसेको थियो।

प्रतिनिधिसभाको बैठक भने एक हप्ता पछि सारिएको छ ।

प्रकाशित : शुक्रबार, चैत ०७, २०७६०५:१६

पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीन पक्राउ