सेनाले बनायो ४ सय शैयाको क्वारेन्टाइन, विभिन्न तीन जिल्लामा ६ सय व्यक्तिलाई राख्न सकिने

प्रदेश नम्बर १ मा नेपाली सेनाद्वारा ४ सय शैयाको क्वारेन्टाइन तयार पारेको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले दिएका जानकारी अनुसार, प्रदेश सरकारसँगको समन्वयमा तीन ठाउँमा झन्डै साढे चार सय क्षमताको क्वारेन्टाइन बनाएको हो।

नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतनाले बुधबार मोरङको टाँडी भन्ने ठाउँमा क्वारेन्टाइनको लागि १ सय २ वटा टेन्ट तयार परेका थिए। टाँडीमा रहेका प्रत्येक टेन्टमा २ वटा बेड रहेको हुदा, त्यस स्थानमा मात्र २ सय ४ जनालाई राख्न सकिने छ।

प्रदेश १ सरकारले प्रदेशका विभिन्न तीन जिल्लामा ६ सय बेडको क्यारेन्टाइन तयार पारेको हो । सरकारको निर्णय अनुसार कोरोना भाइरसको संक्रमण भएको शंका लागेका व्यक्तिहरुका लागि मोरङको मिक्लाजुङमा २०० बेडको क्वारेन्टाइन बनाएको छ ।

उदयपुरको बेलसोतस्थित नम्बर एक विकास गणको भवनमा पनि २ सय क्षमताको क्वारेन्टाइन शनिबारसम्म तयार हुने पाण्डेले बताए। त्यस्तै, झापाको चन्द्रगढीस्थित कृषि तालिम केन्द्रमा पनि ४० बेडको क्वारेन्टाइन तयार पारिएको छ।

प्रदेश सरकारले संक्रमणको सूचना तत्काल प्राप्त गर्नेदेखि परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, आइसोलेसनमा राख्ने र औषधी उपचार गर्नेसम्मका सबै र व्यवस्थापनको योजना तयार पारेका थिए । प्रदेश सरकारको टाँडीमा एक हजार र श्रीलंका टापुमा एक हजार क्षमताको क्वारेन्टाइन बनाउने निर्णय समेत गरेका थिए।

प्रकाशित : शुक्रबार, चैत ०७, २०७६०५:५६

भक्तपुरमा भित्रियो कोरोना परीक्षण गर्ने मेशिन, आइतबारदेखि सञ्चालनमा ल्याइने !