काठमाडौँ – कोरोना भाइरसका कारण नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा असर परेसँगै नेपाली रुपैयाँ इतिहासकै कमजोर बन्न पुगेको हो।
शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय २० रुपैयाँ २८ पैसा बिक्रीदर तोकेको छ। जुन हालसम्मकै सबैभन्दा महँगो बिक्रीदर हो।
केहि समय देखि भारतीय मुद्रा भारु डलरको तुलनामा कम्जोर बन्दै गएको छ। जससँगै नेपाली रुपैयाँ पनि कम्जोर बन्दै गएको हो। नेपाली रुपैयाँ विगत एक वर्ष देखि लगातार कम्जोर बन्दै गैरहेको छ। एक वर्षको अन्तरालमा मात्र अमेरिकी डलर १० रुपैयाँभन्दा धेरैले बढेको छ।
शुक्रबार नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमयदर निम्न छ।
-साउदी अरवको रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र विक्रिदर ३१ रुपैयाँ ९८ पैसा
– कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६९ पैसा र विक्रिदर ३२ रुपैयाँ ८५ पैसा
– युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र विक्रिदर ३२ रुपैयाँ ७४ पैसा
– मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ११ पैसा र विक्रिदर २७ रुपैयाँ २४ पैसा
– कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र विक्रिदर ९ रुपैयाँ ३८
– एक कुवेती दिनारको एकको खरिददर ३ सय ८४ रुपैयाँ १३ पैसा विक्रिदर ३ सय ८६ रुपैयाँ ०६
– एक बहराइन दिनार एकको खरिददर ३ सय १६ रुपैयाँ ९४ पैसा र विक्रिदर ३ सय १८ रुपैयाँ ५३ पैसा