आज शुक्रबार बढ्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको भाउ!

काठमाडौँ, चैत्र ७ । फागुन महिनाभर लगातार उकालो लागिरहेको सुनको मुल्य चैत्र महिनाको सुरुवात देखि नै घटेको थियो । बिहिबार तोलामा १५ सय रुपैयाले घटेको  सुनको मुल्य आज भने ५ सय रुपैयाले बढेको छ ।

बिहिबार  प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज शुक्रबार ५ सय रुपैयाले बढेर छापावाला सुन प्रतितोला ७५ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ। त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयामा कारोबार भइरहेको छ।

सुनको भाउ हिजो (बिहिबार) तोलामा १५ सय रुपैयाँले बढेर तोलाको ७५ हजार  रुपैयामा कारोबार भएको थियो भने तेजावी सुन तोलामा ७४ हजार ७ सय  रुपैयाँ कायम रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा परेसँगै फाल्गुल महिनामा सुनको मूल्यले रेकर्ड नै कायम गरेको थियो । गत फागुन २३ गते अहिलेसम्मको महँगो भाउ ८२  हजार ५  सय रुपैयाँ रहेको थियो।

त्यस्तै, आज शुक्रबार चाँदीको मुल्य पनि तोलामा २० रुपैयाले बढेको छ । आज चाँदीको मुल्य प्रतितोला ७ सय  रुपैयामा कारोबार भइरहेको छ।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना-व र चीन-अमेरिका व्यापार यु-द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ। महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : शुक्रबार, चैत ०७, २०७६०६:०७

वाणिज्य बैंकले घटाए कर्जाको ब्याजदर