कोरोना भाइरसले अहिले संसारभर हाहाकार मच्चाई रहेको छ। यसका भाइरसको कारण धेरै परिवारहरूले आफ्ना प्रियजनहरू गुमाइ सकेका छन्। यस्तोमा अमेरिकाको न्यु जर्सीमा एउटा अचम्मको घटना घटेको छ। त्यहाँ एक परिवारका ७ सदस्य एकै पल्ट कोरोनाको संक्रमणमा आए, जसमध्ये ३ सदस्यको ज्यान गयो भने ४ सदस्यहरू गम्भीर अवस्थामा अस्पतालमा छन्। त्यस्तै, परिवारका अन्य २० सदस्यहरूलाई आइसोलेसनमा राखिएका छ।
७३ वर्षीया ग्रेस फुस्कोको उनको छोरा कार्माइन फुस्कोको ज्यान गएको केही घण्टा पछि उनको पनि निधन भयो। बुधवार बिहान ज्यान गुमाएका घोडा ट्रेनर कार्माइनका वकिल रोजेन पिराडिसो फोडेराले भने कि उनकी बहिनी र ग्रेसकी छोरी रिता फुस्कोको पनि ५ दिन अघि कोरोना भाइरसको कारण ज्यान गएको थियो । फुस्को ज्याक्सनकि बहिनी एलिजाबेथ फुस्कोले भनिन् , ‘यो हामी सबैको लागि एकदम दुखित पल हो। ‘हाम्रो दिदी रिता गुमाएर हाम्रो मन टुटेको छ।’
एलिजाबेथका अनुसार पीडितको दिदी, पति र बच्चाहरू अस्पतालमा छन् र उनीहरूको परीक्षणको नतीजा आउन बाँकि छ । यो घटनाको कारण ६९ वर्षीय जोन ब्रेननको हो भन्ने विश्वास गरिएको छ । जोन घोडा ट्रेनर थिए, र लिटल फेरीमा बस्थे । उनी कोरोनाको संक्रमित थिए। न्यू जर्सीमा कोरोनाको कारण ज्यान गुमाउँने ब्रेनन पहिलो व्यक्ति थिए। राज्यको स्वास्थ्य आयुक्तका अनुसार ब्रेनन हालसालै फुस्को परिवारको भेलामा उपस्थित थिए।
फोडेराका अनुसार भेलामा नियमित डिनर आयोजित गरिएको थियो। यो विश्वास गरिएको छ कि ब्रेननको कारण, सम्पूर्ण फुस्को परिवारमा भाइरसको संक्रमण फैलिएको थियो। मिडिया रिपोर्ट अनुसार ब्रेननलाई उनको निधन हुनु भन्दा पहिले ह्याकेंसेक विश्वविद्यालय मेडिकल सेन्टरमा भर्ना गरिएको थियो। उनी मधुमेह, उच्च रक्तचाप र धेरै गम्भीर बिरामीहरुबाट ग्रसित थिए।