नेपाललाई लकडाउन गर्ने तयारी, उच्चस्तरीय समन्वय समितीको आकष्मिक बैठक डाकियो !

काठमाडौँ – ‘कोभिड–१९’को सङ्क्रमण भित्रिन नदिन सरकारले ‘लकडाउन’ गर्ने भएको छ। गृहमन्त्रालय निकटले श्रोतका अनुसार संक्रमण फैलन नदिन र संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न निश्चित अवधिसम्मका लागि सरकारले ‘लकडाउन’ गर्ने तयारी गरेको हो।

‘लकडाउन’ गर्ने विषयमा निर्णय गर्नकै लागि शुक्रबार सरकारको उच्चस्तरीय समन्वय समितिको आकष्मिक बैठक बोलाइएको छ। सोहि बैठकले ‘लकडाउन’ गर्ने विषयमा निर्णय गर्ने बताइएको छ।

“संक्रमण फैलन नदिन र संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न निश्चित अवधिसम्म ‘सेल्फ क्वारेन्टाइन’ को व्यवस्था मिलाउन आवश्यक हुन सक्ने भन्दै ‘लकडाउन’को निर्णय हुन सक्छ।”,गृहमन्त्रालय निकट एक श्रोतले भन्यो।

बिहिबार सम्पन्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा पनि ‘लकडाउन’को विषयमा छलफल भएको थियो। बैठकका क्रममा देशका चारवटै सुरक्षा निकायलाई ‘लकडाउन’का लागि तयार रहन र त्यस्को लागि मोडालिटी तयार पार्न भनिएको थियो।

शुक्रबार डाकिएको उच्चस्तरीय समन्वय समितिको आकष्मिक बैठकमा भारतसँगका नाका बन्द गर्ने अथवा भारतसँगका नाकामा कडाई गर्ने विषयमा पनि छलफल हुनेछ।

चीन भन्दा भारतबाट कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन सक्ने खतरा रहेको हुँदा सरकारले सो विषयमा पनि शुक्रबार ठोस निर्णय गर्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित : शुक्रबार, चैत ०७, २०७६०९:१५

काठमाडौँ उपत्यका छाड्नेको लर्को: तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडे !