कोरोना त्रासका बीच मौका छोपेर कालोबजारी गरे ५ वर्ष कैद !

काठमाडौँ – कोरोना भाइरस त्रासका बीच खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ। सरकारले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गर्नेहरुलाई ५ वर्षसम्म कैद गर्ने गरी कानूनी कारबाही अघि बढाउने भएको हो।

बजारमा कालोबजारी गर्ने गिरोह सक्रिय भएका कारण जनताले ग्यास तथा दैनिक उपभोग्य वस्तुहरु नपाएको हुन सक्ने निष्कर्ष सहित यस्तो निर्णय गरिउएको उद्योग वाणिज्य तथा आपूर्तिले जनाएको छ।

शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने गरी कानूनी कारबाही अघि बढाउने निर्णय गरेको बताइएको छ।

शुक्रबारको बैठकले गरेको निर्णय अनुसार खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ लगायतका खाद्य स्टोर तथा देशका सम्पूर्ण जिल्लाको खाद्यान्नको विवरण पनि मन्त्रालयले गर्नेछ।

यस्तै सरकारले देशको जुन-सुकै ठाउँमा खाद्यान्न अभाव भएमा हेलिकप्टरको प्रयोग गरेर ढुवानी गर्ने पनि निर्णय गरेको छ।

प्रकाशित : शुक्रबार, चैत ०७, २०७६११:२०

कोरोना भाइरस: लामो दुरीका सवारीसाधन माथि रोक !