कोरोना भाइरस: लामो दुरीका सवारीसाधन माथि रोक !

काठमाडौँ – कोरोना भाइरस संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले लामोदूरीका सम्पूर्ण सवारीसाधन माथि रोक लगाउने भएको छ।

कोरोना भाइरसको विषयलाई लिएर राष्ट्रकाे नाममा सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लामोदूरीका सम्पूर्ण सवारीसाधन माथि रोक रोक लगाइने जानकारी गराएका हुन्। प्रधानमन्त्रीका अनुसार उक्त रोक चैत्र १० गते देखि लागू हुनेछ।

यस्तै प्रधानमन्त्रीले चैत ९ देखि नेपाल आउने सबै जहाजमा प्रतिबन्ध लगाएको पनि जानकारी गराएका छन्। चैत्र ९ देखि १८ गतेसम्म विदेशबाट आउने सबै उडान बन्द गरिएको उनले जानकारी गराए।

विश्वव्यापी महामारीले देशको अर्थतन्त्रमा पर्ने प्रभाव बारे सरकारले उपयुक्त योजनाहरु सरकारले ल्याउने पनि उनले सम्बोधनका क्रममा जानकारी गराए। प्रधानमन्त्रीले देशवासीलाई आतंकित नभई धैर्य राख्न नागरिकलाई अनुरोध पनि गरेका छन्।

प्रकाशित : शुक्रबार, चैत ०७, २०७६१२:३७

इ–सेवाबाट कुनै पनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने !