क्रिकेट नखेल्न आग्रह गर्दा प्रहरी हवल्दारलाई ब्याटले हिर्काएपछि…

चैत १६ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्नको लागि नपाल सरकारले करिब एक साता अगाडी अनिश्चित समय समयसम्मको लागि लकडाउनको  घोषणा गरेको थियो । तर केहि मानिसले सरकारको यस निर्णयलाई उल्लङ्घन गर्दै आइरहेका छन् । त्यस्तै आइतबार बाराको परवानीपुर गाउँपालिका-५ गण्डक चोकमा लकडाउन उल्लंघन गर्ने  एक समूहले प्रहरीमाथि उल्टै कुटपिट गरेको छ ।

कुटपिटबाट एक प्रहरी हवल्दार घाइते भएका छन् । गण्डक चोकमा क्रिकेट खेलिरहेका ९  जनाको समूहलाई लकडाउनको समयमा क्रिकेट नखेल्न आग्रह गर्दा  प्रहरीमाथि कुटपिट भएको हो ।

प्रहरीका अनुसार क्रिकेट खेलिरहेका ८/९ जनाको समूहलाई सम्झाउने क्रममा गणेशकुमार साहले प्रहरीलाई क्रिकेटको ब्याटले हानेका थिए ।

साहलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित : आइतबार, चैत १६, २०७६१२:३९

स्पेनमा २४ घण्टामा ८३८ व्यक्तिको मृत्यु!