१ महिनाको घरभाडा नलिन घर-धनीलाई सरकारको आग्रह!

काठमाडौँ, चैत्र १६ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ ।

नेपाल सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाको अनुसार शहरी क्षेत्रमा काम गर्ने असंगठित श्रमिकहरुको एक महिनाको  घरभाडा मिनाहा गर्न आग्रह गरेको हो । घरभाडा मिनाहा गरे १  महिनाको घरबाहल कर छुट दिइने  सरकारले निर्णय गरेको छ ।

हेटौंँडाबाटै कोभिड १९ को परीक्षण हुने
वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सोमबारदेखि प्रदेश राजधानी हेटौंँडाबाटै कोरोना भाइरस (कोभिड १९) परीक्षण हुने बताउनुभएको छ । आज रासससंँग कुरा गर्दै मन्त्री दुलालले हेटौंँडाको कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको प्रयोगशालालाई व्यवस्थित बनाएर कोभिड १९ को परीक्षण गरिने बताउनुभयो ।

उहाँले त्यहीँ स्वाब संकलन गरेर त्यहँि परीक्षण गर्ने र संक्रमित पाइएमा त्यहीँ उपचारका लागि व्यवस्था गरिएको बताउनुभयो । मन्त्री दुलालले प्रदेश नं २ का विभिन्न जिल्लालाई समेत पायक पर्नेगरी हेटाँैंडामा प्रयोगशाला सञ्चालन गर्न लागिएको उल्लेख गर्नुभयो । संक्रमितलाई राख्नका लागि प्रदेश सरकारले मात्र सघन उपचार कक्षसहितको तीन सयभन्दा बढी आइसोलेशन कक्ष निर्माण गरिएको छ ।
मन्त्री दुलालले सबै आइसोलेशन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

प्रकाशित : आइतबार, चैत १६, २०७६१६:२२

‘नानीको स्वास्थ्य ख्याल गर्नू, हामीलाई ठीकै छ’