धनुषामा १ वर्षको जेल सजाय एक दिनमै भुक्तान!

जकपुरधाम, धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दीपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर एक वर्ष कैद सजाय भुक्तानका लागि ११ चैत २०७६ मा महोत्तरीको जलेश्वर कारागार पुगेका थिए ।

अदालतको फैसलाअनुसार यादवलाई ११ चैत २०७७ मा रिहा हुने गरी कारागार पठाइएको थियो । तर, उनी जेलमा एक दिन मात्रै बसेर रिहा भएका छन् ।

जलेश्वर कारागार शाखाका जेलर मकसूदन महासेठका अनुसार प्रतिदिन ३ सय रुपैयाँका दरले जरिवाना तिरेर उनी रिहा भएका हुन् । यो समाचार आजको राजधानी दैनिकमा सुजीतकुमार झाले लेखेका छन् ।

धनुषा जिल्ला अदालतमा निवेदन साथ उपस्थित भएपछि अदालतले उनलाई कैद सजायबापतको जरिवाना लिएर रिहा गर्न आदेश दिएको हो ।

प्रकाशित : सोमबार, चैत १७, २०७६०२:३१

ट्युबबाट धमाधम नेपाल भित्रिए सीमामा रोकिएका नेपालीहरु!