लकडाउनका कारण राजमार्गमा अलपत्र परेका श्रमिकहरुको उद्धार

लकडाउनका कारण अलपत्र १२८ श्रमिकको बारबर्दिया नगरपालिकाले कोहलपुरबाट उद्धार गरेको छ । नगरपालिकाबाट काम गर्न गएका श्रमिक विभिन्न आयोजना बन्द भएपछि अलपत्र परेका थिए ।

गत मङ्गलबारदेखि लकडाउन भएपछि सबै काम ठप्प भएकाले आयोजना र कम्पनीले मजदूरलाई घरसम्म पुर्उयाउने भने तापनि बाँकेको कोहलपुरमा ल्याएर अलपत्र छाडिदिएका थिए ।

अलपत्र श्रमिकले बिहान खबर गरेपछि उद्धार गरी ल्याइएको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु कबिरले बताए। उनले उद्धार गरिएका सबैलाई मास्क दिइएको र सबैको यात्रा विवरण लिइएको बताए।

यस्तै चिकित्सकबाट स्वास्थ्यजाँचच र काउन्सिलिङ गर्दै खाजा खुवाई होम क्वारेन्टाइनसम्म पठाइएको उनको भनाइ छ ।

प्रकाशित : मङ्गलबार, चैत १८, २०७६०३:३६

प्रत्येक वर्ष रामनवमीमा हुने शोभायात्रा र विशेष मेला स्थगित, घरमै साधना गर्न सकिने