लकडाउनको परिस्थितिमा भोको पेटकै कारण हुनसक्ने विभिन्न अपराध नियन्त्रण गर्न र मानवसेवाको उद्देश्यले निःशुल्क खाद्य सामग्री वितरण

कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको लकडाउनका कारण खाद्य समस्यामा परेको मानव कल्याण समाज भक्तपुरलाई खाद्य सामग्री वितरण गरिएको छ ।

असहाय, अपाङ्गता भएका व्यक्ति तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्ति समस्यामा पर्न गई दैनिक खाद्य सामग्री उपलब्ध हुन नसकेको अवस्थामा महानगरीय प्रहरी कार्यालय काठमाडौँको विशेष पहल एवं विभिन्न बैंकसँगको सहकार्यमा सोमबार निःशुल्क खाद्य सामग्री वितरण गरिएको हो ।

यहाँ आश्रित ६३ जना फरक क्षमता भएका, अशक्त, असहाय व्यक्ति, हनुमन्ते करिडोर थिमि चारदोबाटोमा बस्दै आएका २० र सल्लाघारीमा बस्दै आएका १२ दैनिक ज्यालादारी मजदुरलाई खाद्य सामग्री वितरण गरिएको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

मुलुक लकडाउनको यस विषम परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुनसक्ने विभिन्न अपराध रोकथाम तथा नियन्त्रणका साथै मानवसेवाको उद्देश्यले यस अभियानलाई लकडाउन अवधिभर निरन्तर सञ्चालन गरिने पोखरेलले बताए। यस अवधिभर उपत्यकामा अवस्थित कोही कसैले खाद्य सामग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाइन नं १०० मा फोन गरी आफ्नो गुनासो टिपाउनसमेत उनले अनुरोध गरेका छन्।

प्रकाशित : मङ्गलबार, चैत १८, २०७६०३:५२

स्वास्थ्यकर्मीलाई घरभेटीले घरमा बस्न दिएनन्, डेरा घरमा जाँदा दुव्र्यवहार हुन थालेपछि स्वास्थ्यकर्मी अलपत्र