खाद्य उद्योगमा आगलागी, करिव रु २ करोड क्षति

भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा रहेको सारस फुड उद्योगमा विद्युत चुहावट भइ आगलागी हुँदा करिव रु २ करोड बराबरको क्षति भएको छ ।

आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । व्यवसायी रेखा अग्रवालले सञ्चालन गरेका सो उद्योगमा आज बिहान आगलागी भएको थियो ।

आगो निभाउन पाँचवटा दमकल, स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका थिए ।

प्रकाशित : मङ्गलबार, चैत १८, २०७६०९:३२

कीर्तिपुरमा ५०० क्षमताको क्वारेन्टाइन, नगरपालिकाका १० वटा वडामा क्वारेन्टाइन