मृगौला पिडितलाई घरबेटीले घरमा छिर्न नदिए पछी, पाटन अस्पताललेनै दियो आश्रय

पाँच दिन देखि पाटन अस्पतालमा भर्ना भएका १९ वर्षीय मृगौला पिडितको बावु छोरालाई घरबेटीले घरमा पस्न दिएका छैनन् । केही दिन पहिले सास प्रश्वासमा समस्या देखा परेर पाटन अस्पतालमा भर्ना भएका उक्त व्यक्ति पूर्ण रुपमा निको भइ च्यासल स्थित आफ्नो कोठामा जादाँ घरबेटीले घरमा प्रवेश गर्न नदिएको हो। पिडितका साथै उनको बुवालाई पनि घरमा प्रवेश गर्न दिएनन् ।

दुवईमा कार्यरत उक्त पिडितलाई मृगौलामा समस्या देखिए पछी, नेपाल फेर्काइएको थियो । मृगौलामा समस्या भएका कारण सास प्रश्वासमा समस्या देखा परेका हुनाले, पाँच दिन अघि उनलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरका अनुसार, नियमित डायलोसिस पछी उनको स्वास्थ्य अहिले सामान्य रहेको छ ।

तर, निको भइ आफ्नो कोठामा जादा घरबेटीले घरमा प्रवेश गर्न नदिए पछी, उक्त व्यक्ति अहिले पाटन अस्पतालमानै फर्केर आएका छन्। कहिँ जाने ठाउँ नभए पछी अहिले पाटन अस्पतालले नै उक्त व्यक्तिलाई आश्रय दिएका छन् ।

आखिर कहिलेसम्म उक्त व्यक्तिलाई अस्पतालमा राख्नु हुन्छ भन्ने बिगुल न्युजको प्रश्नमा,  कुनै विकल्प नपाउन्जेल उक्त व्यक्तिलाई पाटन अस्पतालले नै आश्रय दिनुपर्ने जिम्मेवारी भएको अस्पतालका श्रोतले जनाएका छन् ।

कोरोना संक्रमणको त्रासका कारण यस्ता घटनाहरु दिन प्रति दिन बढिरहेको छ । स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक तथा सरसफाईकर्मीहरु डेरामा जाँदा घरभेटीले दुव्र्यवहार गरेको थुप्रै घटनाहरु सार्वजनिक भइरहेको छ। यस्ता घटनाहरुलाई सरकार तथा सम्बन्धित निकायहरुले तुरुन्तै समाधान गर्नुपर्ने देखिएको छ।

प्रकाशित : बुधबार, चैत १९, २०७६०९:२२

चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ निगमको वाइड बडी जहाज आज अस्ट्रेलिया उड्दै