भरतपुर अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएकी युवतीको नतिजा नेगेटिभ

भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार ज्यान गएपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि हेटौडा पठाइएको थियो ।

उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ । सबैको नमूना हेटौँडामा रहेको प्र्रयोगशालामा पठाइएको थियो ।

बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएकी राईको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे ज्यान गएको थियो ।

कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ । ज्वरोका कारण ज्यान गएकाहरुको स्वाब तानेर परीक्षणका लागि पठाउने गरिएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए।

प्रकाशित : शनिबार, चैत २२, २०७६०४:३६

महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था