कतार एयरबाट नेपाल फर्किएकाको रिपोर्ट नेगेटिभ

सप्तरी– कतार एयरवेजको क्यूआर ६५२ बाट नेपाल फर्किएका सप्तरीका जीतेन्द्र मण्डलसहित नौ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

कतार एयरवेजबाट नेपाल फर्किएका तिलाठी कोइलाडी गाउँपालिकाका मण्डलसहित भारतको तब्लिगी जमातबाट फर्किएका आठ जनाको रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायणसिंह अस्पताल राजविराजले जनाएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासका अनुसार यही चैत २० गते स्वाब परीक्षणका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा नौ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

सप्तरीबाट पहिलो पटक नौ जनाको स्वाब नमूना परीक्षणका लागि धरान पठाइएको थियो ।

मण्डल चैत ४ गते कतार एयरवेजबाट नेपाल फर्किएका थिए भने राजविराज नगरपालिकाका आठ जना चैत १८ गते भारत बिहारको विभिन्न मस्जिदमा भएको जमातबाट फर्किएका थिए ।

प्रकाशित : शनिबार, चैत २२, २०७६०७:३२

मुसहर बस्तीमा छाड्यो चुल्हो बल्न, मजदूरी बन्द भएपछि बालबच्चासहित परिवारका सदस्य भोकभोकै बस्न बाध्य