इँटाभट्टाको पोखरीमा डुबेर पुरुषको गयो ज्यान

चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति ज्यान गएको छ।

इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर ज्यान गएको थाहा पाएपछि प्रहरीले पोखरीबाट शव झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

इँटाभट्टाले गहिरो पोखरी खन्ने र खुला छाड्ने गर्दा हरेक वर्ष बच्चाको ज्यान जादै आएकामा यस वर्ष पुरुषको ज्यान गएको छ। घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

कोरोनाबाट ज्यान जानेको संख्या ६४ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभरमा ज्यान जानेको संख्या ६४ संख्या ६४ हजार ६ सय ६ नाघेको छ यस्तै संक्रमित संख्या १२ लाख भन्दा पुगेको छ ।

कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ । यो सागै अमेरिकामा ज्यान जानेको संख्या आठ हजार चार सय ५२ पुगेको छ। त्यस्तै त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। यो खबर आज सौर्य दैनिकमा प्रकाशित गरिएको छ ।

आइतबार बिहानसम्मको तथ्यांक अनुसार, अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ। स्पेनमा १ लाख २६ हजार १ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ। इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, २ लाख ४६ हजार १ सय ८ जना उपचारपछि निको भएका छन्।

प्रकाशित : आइतबार, चैत २३, २०७६०५:२१

गोदावरीमा तीन दिनसम्म मनाइने चन्द्रभैरवको जात्रा स्थगित